पोखरा । कप्तान अमृत गुरुङको अर्धशतकीय पारी र तीव्रगतिका बलर कृष्ण पौडेलको ४–१–१३–३ को बलिङ स्पेसले राइजिङ क्रिकेट क्लबले सांग्रिलालाई ९ रनले पराजित गरेको छ ।
टि–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीपअन्तर्गत मंगलबार टस जितेर व्याटिङमा उत्रिएको राइजिङले कप्तान अमृत गुरुङले ५२ रनको अर्धशतकीय कप्तानी पारी खेले । राइजिङले ८ विकेटको क्षतिमा १ सय १६ रनको योगफल तयार पार्दै सांग्रिला क्रिकेट क्लबलाई लक्ष्य पछ्याउने चुनौती दियो । ३ विकेट सस्तैमा गुमाएपछि धर्मराएको राइजिङलाई उकास्ने काम भने कप्तान गुरुङले गरे । पाँचौ नम्बरमा आएको कप्तान गुरुङले चौथो विकेटको लागि नवीन पोखरेलसँग ६० रनको साझेदारी गरे ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा कप्तान गुरुङले ५२ रन हिर्काउन ३१ बलको सामना गरे । उनले ४ चौका र २ छक्का हिर्काए । नवीन पोखरेल र सागर लामिछानेको समान १३ रनको योगदान रह्यो । खेलमा अमृत गुरुङ अफ दि म्याच घोषित भए ।
दोस्रो खेलमा पोखरा क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । अरण्यज्योतिले पहिले व्याटिङ गर्दैै १९.४ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन बनाएको थियो । कप्तान विधान श्रेष्ठले ३७ बलमा १ चौका र १ छक्काको मद्दतमा ३१ रन जोडे । प्रवीन पौडेलले पनि २७ रन बनाउने क्रममा ४५ बल खेले ।
८२ रनको लक्ष्य पछ्याएको पोखराका तर्फबाट अनिल गुरुङले ५१ रन बनाउँदै अविजित खेलेपछि अरण्यज्योतिलाई ८ विकेटले पराजित गरेको हो । प्लेयर अफ दि म्याच अनिलले २७ बलमा ६ चौका र २ छक्का हिर्काए । प्रमोद बास्तोलाले १ चौका सहित १४ रन हिर्काए । मुस्कान थापा ११ रन जोडे । विधान श्रेष्ठ र दिवस गिरीले समान १÷१ विकेट लिए । पोखरा क्रिकेट क्लब र राइजिङ दोहोरो जितसँगै समान ४ अंक जोडेका छन् । यद्यपि नेटरनेटमा पोखरा क्रिकेट क्लब लिगको शीर्षस्थानमा छ ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटको आज समापन
एनप्याब्सन खेलकुद महोत्सव जारी
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१