वीरेन्द्रनगरमा कर्फ्यु

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७८

पोखरा । सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्युआदेश लगाइएको छ । सोमबार बन्दकर्ताहरूले सुर्खेतस्थित नेकपा एमाले, माओवादी केन्द्र र कांग्रेसको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेपछि जिल्ला प्रशासन कार्यालयले सोमबार राति सवा ८ देखि मंगलबार साँझ ७ सम्म कफ्र्यु आदेश जारी गरेको हो ।
एमसिसी पारित भएको विषयलाई लिएर सोमबार बिहानदेखि उत्तेजित भीडले तोडफोड, आगजनीका साथै धनजनको क्षति गर्ने प्रयास गरेको भन्दै सो आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले थानीय प्रशासन ऐन (संसोधनसहित) २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । कर्फ्यु पूर्वमा धुलियाबिट, पश्चिममा बांगेसिमलसहित उत्तरमा वीरेन्द्रनगर नगरपालिका–७ र दक्षिणमा लाटिकोइली शिवमन्दिर हुँदै काँक्रेविहार, देउतीबज्यै एवं सुब्बाकुनासम्म लागु हुनेछ ।
एमसिसी संसदबाट पास भएको अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलका कार्यकर्ताले सोमबार साँझ वीरेन्द्रनगर–६ स्थित नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…

hero news full width