चितवन । जिल्लामा मतदान योग्य मतदाताको सङ्ख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ । दाबी विरोधको क्रममा केही सङ्ख्या घट्ने छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो मतदाता सङ्ख्या विसं २०७४ को निर्वाचनमा भन्दा ८६ हजार ८६८ ले बढी हो ।
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार तीन मतदाता थिए । दाबी विरोधको कार्यक्रमपछि अन्तिम नामावली सार्वजनिक गरिने कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार भरतपुर महानगरपालिकामा ३६ हजार ३९६, राप्ती नगरपालिकामा १० हजार ९७०, खैरहनीमा १० हजार ४४५, रत्ननगर नगरपालिकामा नौ हजार ६८५ मतदाता थपिएका छन् ।
यस्तै कालिका नगरपालिकामा आठ हजार ४२०, माडी नगरपालिकामा छ हजार ८२०, इच्छाकामना गाउँपालिकामा चार हजार १३२ मतदाता थपिएका छन् । पछिल्लो तथ्याङ्कअनुसार भरतपुरमा एक लाख ८६ हजार ६७०, राप्तीमा ४० हजार ९६८, खैरहनीमा ४३ हजार ७०८, रत्ननगरमा ५२ हजार ८३९ मतदाता छन् ।
कालिकामा ३१ हजार ४०७, माडीमा २८ हजार ४९३, इच्छाकामनामा १५ हजार ७८६ मतदाता छन् । यस पटक ४७ मतदान केन्द्र थपिने अनुमान गरिएको छ । एक मतदान केन्द्रमा एक हजार जनाले मतदान गर्ने गरी मतदान केन्द्र निर्धारण गर्ने गरिन्छ ।
कार्यालयले यही फागुन १९ गते जिल्लाभित्रका ९८ वटै वडा कार्यालयमा वैशाख ३० को स्थानीय तहको निर्वाचनमा मतदान गर्न योग्य मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । मतदाताको सम्बन्धित वडा कार्यालयमा नामावली सार्वजनिक गरेर त्रुटी सच्याउने काम गर्न लागिएको कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार त्रुटी सच्याउने समय यही फागुन २२ गतेसम्म राखिएको छ ।
फरक–फरक वडामा दोहोरो नाम परेमा, नाम ठेगाना बिग्रेमा बसाइँसरेका, विवाहपछि ठेगाना परिवर्तन भएकाले नामावली सच्याउन पाउनेछन् । दोहोरो नाम परेकाले स्वयम् निर्वाचन आयोगले जारी गरेको अनुसूची भरेर निवेदन दिन सक्नेछन् ।
यस्तै बसाइँसराइ, विवाह भएकाका हकमा स्वयम् व्यक्ति वा एकाघरका सदस्यले अनूसूची भरेर २३ गतेसम्म नामावली सच्याउन पाउनेछन् । यस्तै मृत्यु भएकाको हकमा एकाघरका परिवारका सदस्यले अनुसूची भरेर नामावली हटाउन सक्नेछन् ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
ओली चीन भ्रमण जाँदै
घार्मीमा बालाचतुर्दशी रौनक
भवन निर्माण आचारसंहिता प्रशिक्षण
hero news full width
मुख्य समाचार
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१