फ्रेसो क्यान्डीको फ्रेसो ब्रेथ

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७८
Fresho

पोखरा । सुजल फुड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनीले फ्रेसो ब्रेथ नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ । जसले स्फूर्तिदायी ताजा स्वास प्रदान गर्नुका आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित विज्ञापन अभियान सुरुआत गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
फ्रेसो ब्रेथले किशोर र युवा वर्गबीचको रमाइलो र स्फूर्तिदायी क्षण चित्रण गर्दछ । एक किशोर किशोरीप्रति आकर्षित हुन्छन् र फ्रेसो क्यान्डीको ताजा स्वास तथा आत्मविश्वासको कारणले सो क्षणमा रमाएको देखाइएको छ ।
फ्रेसो क्यान्डी नेपाली मिन्ट क्यान्डी उद्योगमा एक प्रभानशाली हिस्सा भएको क्यान्डी हो । यो मेन्थालिप्टस फ्लेवर क्यान्डी हो । जसले स्फूर्तिदायी सास प्रदान गर्दछ र साथसाथैै ताजगीभरि स्वास र शीतलताको अनुभूति प्रदान गरेर मुखलाई ताजापन दिन्छ । आकर्षक बनावट र लामो समयसम्म प्राप्त हुने उत्कृष्ट मिन्ट स्वादले सास ताजा बनाउने र शीतलता प्रदान गर्नुको साथसाथै आत्मविश्वास बढाउन पनि मद्दत गर्दछ ।
फ्रेसो सुजल फुड्स प्रालिको लोकप्रिय उत्पादनमध्ये एक हो । सुजल फुड्स आइएसओ प्रमाणित कम्पनी लक्ष्मी समूहको सहायक कम्पनी हो । जुन ४८ वर्षदेखि सञ्चालनमा छ । फ्रेसो क्यान्डी कडा स्वच्छता नियम र स्वास्थ्य मापदण्ड पछ्याएर अत्याधुनिक प्रविधिका साथ योग्य कन्फेक्सनर्सद्वारा उत्पादन गरिन्छ । फ्रेसो साथसाथै सुजल फुड्स प्रालिले नेपालको सबैभन्दा प्रतिष्ठित तथा लोकप्रिय कन्फेक्सनरी ब्रान्डहरू चोकोफन, रसिलो, क्रेभ लगायत उत्पादन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…
  • टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग