पोखरा । रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ अन्तर्गत सिनियर भेट्रान्सको उपाधि राजन पौडेलले जितेका छन् । पोखरा रंगशालामा आइतबार फाइनलमा गोपीबहादुर भट्टराईलाई ६–७, ६–२ र सुपरटाईमा १०–५ ले पराजित गर्दै उनले उपाधि जितेका हुन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा भएको सिनियर भेट्रान्स डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछाने प्रथम भए ।
फाइनलमामा गोपी÷धरम जोडीले नवीन श्रेष्ठ र राजु गुरुङको जोडीमाथि ६–३, ६–२ को नजिता निकाल्दै उपाधि चुम्न सफल भएका हुन् । प्रतियोगिताको नवप्रवेशितर्फको उपाधि भीष्मराज पौडेलले जित्दा राजेश गुरुङले दोश्रो स्थानमा चित्त बुझाए ।
खुला एकलतर्फका विजेताले १५ हजार तथा दोस्रोले ७ हजार ५ सयसहित ट्रफी पुरस्कार प्राप्त गरे । डबल्सतर्फ विजेताले १० हजार तथा उपविजेताले ५ हजारसहित ट्रफी, पुरस्कार प्राप्त गरे । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफी पुरस्कार प्राप्त गरेका छन् ।
विजयीलाई कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरणबहादुर बानियाँ, पुरस्कार प्रायोजक विकास गुरुङ, नेपाल टेनिस संघ उपाध्यक्ष विनोद कायस्थ लगायतले पुरस्कार वितरण गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति अध्यक्ष बानियाँले कास्कीमा टेनिस खेलले ठूलै सफलता हासिल गरिसकेकोमा खुसी व्यक्त गरे । उनले प्रतियोगितामा पुरस्कार राशि स्वरुप २० हजार तथा बन्न लागेको टेनिस कोर्ट निर्माणमा २५ हजार नगद सहयोग गर्ने घोषणा गरे ।
मुख्य प्रायोजक रेवान पोखरा अध्यक्ष लक्ष्मण बरालले पोखरामा आयोजना हुने टेनिसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताले यहाँ खेल पर्यटनको विकासमा ठूलो टेवा पु¥याएको औंल्याए । आयोजक संघ अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव नवीन श्रेष्ठले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पुसमा २० औं लेखनाथ महोत्सव
आइकोनिक रिमझिम बल क्यान्डी
४ महिनामा साढे ४ खर्ब व्यापार घाटा
आदर्श समाजकर्मी शर्मा सम्मानित
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१