म्याग्दी । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना र जलजला गाउँपालिका, पर्वत जिल्ला अस्पताल लगायत विभिन्न संघ संस्थाको समन्वयमा शिविर भएको हो । शिविरमा स्त्रीरोग, दन्तरोग र जनरलसम्बन्धी सेवा दिइएको आयोजकले जनाएको छ ।
शिविरबाट १७५ जना महिला र ४० पुरुषले सेवा लिएको समाजकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगीता कुँवर कार्कीले जानकारी दिइन् । निशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधी वितरणसम्बन्धी सेवा दिइएको थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ डा. अनु हिराचन, धर्मा ढकाल, दन्त चिकित्सक हेमन्त बास्तोला, जनरल चिकित्सक कृष्ण सुवेदी, जलजला गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजु बोहोरा लगायतले सेवा दिएका थिए । जलजला गाउँपालिकाका मल्लाज, बाँसखर्क, लेकफाँट, शालिजा, धाइरिङ, नाग्लीबाङ, बनौ लगायत स्थानीयबासीहरुले सेवा लिएका थिए ।
आर्थिक समस्याका कारण अस्पताल पुग्न नसकेका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविरको आयोजना गरिएको समाजकी नेपाल प्रतिनिधि मुना भुषालले बताइन् । शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले शिविर आयोजना गरेकोमा समाजलाई धन्यवाद दिए । उनले अन्तर्राष्ट्रिय पर्वत समाजले यस अघि पनि कोरोना रोकथाम तथा नियन्त्रण, बाढी पहिरो लगायत विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । नवीन जिसीले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
आँगन सहकारीको पाँचौं साधारणसभा
निःशुल्क स्वास्थ्य शिविर
सयपत्रीमा झण्डै ६ हजार शेयर सदस्य
सापकोटा कल्याण केन्द्रको साधारणसभा
पूर्व कर्मचारी सहकारीको साधारण सभा
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१