क्रिकेट अफिसियललाई ज्याकेट

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७८
Kaski crickets

पोखरा । कास्की जिल्ला क्रिकेट संघले कास्कीको क्रिकेटमा लामो समयदेखि अफिसियलको भूंिमका निर्वाह गर्दै आएका क्रिकेट अफिसियललाई ज्याकेट हस्तान्तरण गरेको छ ।
संघ कास्कीले शनिबार पोखरा रंगशालामा एक समारोहबीच उनीहरुलाई ९ थान ज्याकेट हस्तान्तरण गरेको हो ।
संघ कास्की उपाध्यक्ष दीपेन्द्र प्रताप चन्दले अफिसियल दिलीप अग्रहरिलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । संघले छिट्टै संघ कास्कीका पदाधिकारीहरुका लागि पनि अफिसियल ज्याकेट हस्तान्तरण गरिने जनाए ।
पत्रकार विनोद लामिछानेले संचलान गरेको कार्यक्रममा संघका कोषाध्यक्ष वीरेन्द्र पुन, पूर्व कोषाध्यक्ष जिम्मी गुरुङ, कार्यसमिति सदस्य ऋषिकेश सर्मा, गोविन्द प्रधान लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width