ब्राजिलका प्रशिक्षक टिटे पदबाट हट्ने

रासस
फागुन १४, २०७८
Tite

ब्राजिल । ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटेले यसै वर्ष कतारमा हुने विश्वकपपछि आफूले जिम्मेवारीबाट हट्ने खुलासा गर्नुभएको छ ।

अगस्त २०१६ को विश्वकप जीतसँगै पाँच पटक विश्व विजेता बनेको ब्राजिल फुटबलको जिम्मेवारी लिएदेखि ६० वर्षीयले टिटेले आफ्नो कार्यकालमा ब्राजिललाई ५२ जीत, १३ बराबरी र पाँचवटा मात्र हारको सामना गर्नुभएको छ ।

यसबीचमा ब्राजिललाई नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म खेलिने यस वर्षको विश्वकप प्रतियोगितसहित दुई विश्वकपका लागि योग्य हुन उहाँले मद्दत गर्नुभएको छ ।

उहाँकै नेतृत्वमा सन् २०१९ कोपा अमेरिका उपाधिको लागि आयोजकको जिम्मेवारी लिई सफलतापूर्वक सम्पन्न गर्नु थियो ।

टिटेले पोर्चुगाली टेलीभिजन स्पोरटिभीसँगको एक अन्तर्वार्तामा भन्नुभयो, “म विश्वकपको समाप्तिसम्म नेतृत्वमा रहनेछु ।

“तपाईंलाई ढाँट्ने मसँग कुनै कारण छैन । मैले आफ्नो करियरमा सबै कुरा जितेको छु, हारेको गत विश्वकप मात्र हो ।”

टिटेले क्लब स्तरमा प्रबन्ध जारी राख्ने कि नराख्ने भन्ने कुरा बताउनचाहनुभएन ।

एक जना भूतपूर्व मिडफिल्डर जसको खेलका क्रममा घुँडामा चोट लागेपछि टिटेले तीन दशकभन्दा लामो समयसम्म ट्रफीले भरिएको प्रबन्धकीय पेसाको आनन्द उठाउनुभएको छ ।

उहाँको सबैभन्दा सफल जादू सन् २०१० को दशकको प्रारम्भमा भएको थियो जतिबेला उहाँले दुई ब्राजिलियाली सेरी ए उपाधि, एक कोपा लिबर्टाडोरेस विजय र फिफा क्लब विश्वकप ट्रफीको जितका लागि नेतृत्व गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि चकनाचूर भएको छ । साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै…
  • नेपाल–बंगलादेश फाइनल आज

    रासस कार्तिक १४, २०८१
    काठमाडौं । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ…
  • भारतलाई हराउँदै नेपाल फाइनलमा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०८१
    पोखरा । भारतको चुनौती टाइब्रेकरमा ४–२ ले पन्छाउँदै नेपाल अन्ततः साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गर्न सफल भएको…
  • माघमा आहारारा गोल्डकप

    आदर्श समाज सम्वाददाता कार्तिक ९, २०८१
    पोखरा । २४ औं संस्करणको आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको मिति तय भएको छ । सहारा क्लब पोखराले आगामी…

hero news full width