पोखरा कलेज अफ म्यानेज्मेण्टको दीक्षान्त समारोह

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७८
PCM Photo 2

पोखरा, १४ फागुन । पोखरा कलेज अफ म्यानेज्मेन्टले शनिबार १ सय ४८ जना विद्यार्थीलाई दीक्षित गरेको छ।

समारोहमा पोखरा विश्वविद्यालयका म्यानज्मेन्ट संकायका डिन सहप्राडा दयाराज ढकाल र कलेज संचालक समिति अध्यक्ष प्राडा टंकनाथ शर्माले दीक्षित विद्यार्थीलाई दीक्षित गरे । कार्यक्रममा ढकालले कलेजको आफ्नै छुट्टै पहिचान रहेको उल्लेख गरे । दीक्षित विद्यार्थीबाट राष्ट्रले धेरै आशा गरेकोले त्यसमा तल्लिन हुन उनको सुझाव थियो । आफूले लिएको ज्ञानले देश र परिवारले गरेको आशा पूरा गर्न सक्नुपर्ने धारणा राखे।

कलेज संचालक समिति अध्यक्ष प्राडा टंकनाथ शर्माले गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यतामा निकै बलियो रहेको, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि यो प्रदेश निकै धनी रहेको उल्लेख गरे ।
प्रिन्सिपल लिनानेगी श्रेष्ठले पोखरा कलेज अफ म्यानेज्मेन्ट गण्डकी प्रदेशको मात्र नभई उच्च शिक्षामा विशिष्टिकृत पहिचान दिंदै आएको मुुलुकको एउटा महत्वपूर्ण शैक्षिक संस्था भएको दाबी गरिन् । सन् २००२ मा २० जना विद्यार्थी लिएर सुरु भएको कलेज २० वर्षमा लागेको उनले जानकारी दिइन् । समारोहमा २०१५ ब्याचका ७५, २०१६ ब्याचका ६८ र त्यसअघिका ५ गरी कुल १ सय ४८ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो।

पोखरा विश्वविद्यालयबाट उपकुलपति पदक प्राप्त गर्न सफल कलेजकी विद्यार्थी विनु श्रेष्ठलाई सम्मान गरिएको थियो । उनी ३.९९ सिजिपिए ल्याउँदै पोखरा विश्वविद्यालयअन्तर्गत स्नातक तहमै सर्वोत्कष्ट भएकी थिइन् । यसैगरी उत्कृष्ट अंक ल्याउँदै डिन लिस्टमा पर्न सफल १० जना विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । विश्वविद्यालयको दीक्षान्त समारोहमा २ वर्षदेखि हुन नसकेपछि कलेजमै दीक्षान्त समारोह भएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width