नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७८

लेखनाथ । नेपाल विकास समाजको आयोजना र पोखरा महानगरपालिका शिक्षा महाशाखाको समन्वयमा शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ । नसर्ने रोगको रोगथाम तथा नियन्त्रणका निम्ति शिक्षकहरुलाई वल्र्ड डाइबेटिज फाउन्डेसनको सहयोगमा साविक लेखनाथ नगरपालिका क्षेत्रभित्रका करिब ३० विद्यालयका शिक्षकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा पोखरा शिक्षा महाशाखा प्रमुख हेम शर्माले मुटु तथा रक्त नलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी तथा क्यान्सरजस्ता नसर्ने रोगहरू नेपालमा पनि मृत्युको प्रमुख कारण बन्नु चिन्ताको विषय भएको बताए । उलले शिक्षकहरुले विद्यालयका बालबालिकालाई रोग र असरका बारेमा जानकारी दिन र व्यक्तिगत स्वास्थ्यबारे सिकाउने माध्यम हुने बताए ।
पोखरा स्वास्थ्य महाशाखाका हेमन्त शर्मा पौडेलले नेपालमा गरिएका पछिल्ला अध्ययनले मृत्युका कारणमा यस्ता रोगको प्रतिशत बढिरहेको देखाएकाले यो चिन्ताको विषय भएको बताए ।
डा.शिशिर कोइरालाले नेपालको यस्तो अवस्थालाई सुषुप्त महामारी भएको बताउँदै नसर्ने रोगको प्रकोप बढ्नुमा मानिसहरूको जीवनशैलीका साथै रोकथामको साटो उपचारमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले नसर्ने रोगको प्रकोप न्यूनीकरणका लागि शारीरिक व्यायाम प्रवद्र्धन गर्नुपर्छ र हामीलाई हानि गर्ने बानीहरू विशेष गरी नशालु पदार्थ, सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणका लागि हामी सबै लाग्नुपर्ने बताए ।
डा. सुमन सुवेदीले हाम्रो परिप्रेक्ष्यमा पनि नसर्ने रोगको जोखिम बढ्दै गएको देखेका छौं । ‘ अब यो साइलेन्ट महामारी (सुषुप्त महामारी) जसरी अगाडि बढिरहेको अहिले हाम्रोमा पनि नसर्ने रोगको प्रकोप हाम्रो प्रणालीले नै नधान्ने हिसाबले बढिरहेको छ । साइलेन्ट महामारीको रूपमा बढिरहेको नसर्ने रोगको प्रकोपलाई हाम्रो क्षमताले धान्ने अवस्थाभित्र ल्याउनुपर्ने अवस्था छ उनको भनाइ रहेको थियो ।
स्वास्थ्यकर्मी कविता पौडेले सरकारले ल्याएको नयाँ कार्ययोजनाको कार्यान्वयनले नसर्ने रोगको प्रकोपलाई कम गर्न भूमिका खेल्ने आशा व्यक्त गरिन् ।
परियोजनका संयोजक पवित्रबाबु सोतीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यक्रम दुई दिनसम्म लेखनाथको होटल सेभेन लेकमा चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width