पथप्रदर्शकलाई स्थलगत सीप तालिम

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७८
taan

पोखरा । पोखरालाई कर्मथलो बनाएर पथप्रदर्शन गरिरहेका पर्यटनकर्मीलाई स्थलगत सीपसम्बन्धी तालिम सुरु भएको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश समितिको आयोजनामा सुरु भएको तालिम फागुन १९ सम्म चल्ने आयोजक संस्थाका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिए । ट्रेकिङ र पर्वतीय पर्यटनमा लागेका गाइडहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
तालिममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनात्मक सहयोग, काठमाडौं ईन्भाइरोमेन्टल एजुकेशन प्रोजेक्ट (किप) नेपालको साझेदारी, उद्योग पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गण्डकी प्रदेशको सहयोग रहेको छ ।
तलिम उद्घाटन गर्दै प्रदेश सरकारका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले पर्वतीय पर्यटनबाट व्यवसायीले अपेक्षित लाभ लिन नसकेको बताए । पर्वतीय गतिविधिको थप प्रचारप्रसार गर्नुपर्ने र आवश्यक जनशक्तिलाई तालिम दिएर थप व्यावसायिक बनाउने कुरामा उनले जोड दिए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेशका कार्यालय प्रमुख काशीराज भण्डारीले पर्वतीय पर्यटनका विविध आयाम र दक्ष जनशक्तिको महत्वबारे प्रकाश पारेका थिए । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशसँगको सहकार्यमा यस अगाडि थुप्रै कार्यक्रम गरिसकेको र आउँदा दिनमा पनि गरिने उनको भनाइ थियो ।
किप नेपालका प्रमुख कार्यकारी अधिकृत इयान वालले तालिममा दिइने विषयवस्तुबारे प्रकाश पारेका थिए । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव सुदीप गौतम तथा कोषाध्यक्ष विकास गुरुङ लगायतले आफ्नो मन्तव्य राखेका थिए । यो प्रकृतिको तालिम पोखरामा पहिलो पटक भएको संघको दाबी छ । तालिममा तालिममा पर्वतीय पर्यटनमा अति आवश्यक नक्सा अध्ययन, कठिन परिस्थितिमा दिशा पत्ता लगाउने कला, प्राथमिक उपचार, तारा अध्ययन, कथावाचन लगायत विषयवस्तुमाथि छलफल गरिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरुले पोखराको फेवाताल किनारको वाटर फ्रन्ट होटलको पर्खाल…
  • पर्वतीय महोत्सव तयारी

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराको संयुक्त आयोजनामा पोखरा–१७ स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा २३–२७ मंसिरसम्म पर्वतीय…
  • कधलान्दु्रकमा हनी हन्टिङ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा भिरमौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सव तयारी थालिएको छ । अन्नपूर्ण गाउँपालिका ७ स्थित…
  • शिक्षक संगठनमा श्रीकान्त

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन, पोखरा महानगर समितिले संगठन सुदृढीकरण तथा विस्तार कार्यक्रमअन्तर्गत वडा १ मा शिक्षक भेला गरी…
  • पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुनुपर्ने मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ । गण्डकीका उद्योग…

hero news full width