स्याङ्जा । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले एमसिसी राष्ट्रको हितमा नभएको दाबी गरेका छन् ।
शुक्रवार स्याङ्जामा आयोजित गण्डकी प्रदेशस्तरीय विषयगत कार्यालय प्रमुखहरुलाई निर्देशन दिने क्रममा बोल्दै मन्त्री बरालले एमसिसी परियोजना चीन लक्षित कार्यक्रम रहेको दाबी गरे । पछिल्ला गतिविधिले चीन लक्षित रहेको छर्लंग भयो कि भएन भन्दै उनले प्रश्न समेत गरे।
‘लामो संघर्ष र बलिदानीबाट प्राप्त राजनीतिक उपलब्धिमा कसैको भूमिका धेरै होलान, कसैका थोरै,’ उनले भने, ‘राजनीतिक उपलब्धिको माया र रक्षा गर्नेहरु भने कम देखिए ।’
मन्त्री बरालले कार्यालय प्रमु्खलाई निर्देशन दिंदै उपलब्ध बजेट कार्यान्वयन गर्ने जिम्मेवारीलाई पूरा गर्न सुझाव दिए । अनुदानमा आधारित भएर नपुग्ने बताउँदै आन्तरिक पुँजी वृद्धिमा समेत ध्यान दिन उनको आग्रह छ ।
सस्तो लोकप्रियतामा रमाउने पद्दति परिमार्जन गर्दै लक्षित वर्गमा बजेट उपलब्ध गराउने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए । सम्बन्धित कार्यालयले पुँजीगत खर्चको ८० प्रतिशत खर्च गर्न सुझाए ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिल्ला समन्वय अधिकारी ऋषिराज आचार्य लगायत जिल्लास्थित प्रदेश सरकारअन्तर्गतका १२ सरकारी कार्यालयका प्रमुखहरुले प्रादेशिक बजेट, कार्यान्वयनका अवस्था, नीतिगत समस्या, प्रगति, अन्य समस्याबारे आ–आफ्ना धारणासहित सुझाव दिएका थिए ।
अर्थ सचिव बैकुण्ठप्रसाद अर्यालले स्याङ्जामा सञ्चालित विकास निर्माण र प्रगति विवरणबारे जानकारी गराएका थिए भने राजस्व अधिकृत कल्पना सापकोटाले सहजीकरण गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१