गठबन्धनलाई उठ्नै नसक्ने गरी पछार्छौंः ओली

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७८
kp oli pkr (1)

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन टुटे धुलोपिठो हुने चेतावनी दिएका छन् । चुनावमा पराजित हुने डरले सत्तारुढ दलहरु गठबन्धन तोड्ने पक्षमा नरहेको उनले बताएका हुन् ।
‘यो गठबन्धन टुट्दैन र टुट्न हुँदैन । यो टुट्यो भने विचराहरु धुलोपिठो हुन्छन्,’ पोखरामा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘हामी लड्न बोलाउँदा वान–वाइ–वान होइन, पाँचै दल आउ भनेर बोलाउँछौं । पाँचै दल एकै चोटी आउ । यिनको हुति छ गठबन्धन टुटाएर एक्लै लड्ने ? एकपल्ट हामी त्यहाँ ७ दिन नउठ्ने गरी पछार्छौं ।’
पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले एमसिसी पास गर्नका लागि सरकारसँगै पर्याप्त मत रहेको भन्दै पन्छिए । ‘सरकारसँग १ सय ६५ मत छ । एमसिसीबारे हामीले चिन्ता लिनुपर्दैन,’ उनी भन्छन्, ‘नेकपा एमाले देश र जनताको हितभन्दा बाहिर, कसैका धाकधम्कीका पछि लाग्दैन । देशको हितका पक्षमा के छ भन्ने कुरा छुट्याउन सक्छ ।’ ओलीले एमसिसीका लागि निवेदन दिनेहरुले नै अहिले सडकमा आन्दोलन गरिरहेको आरोप लगाए । ‘तमासा पनि हदको हुन्छ नि ! सरकारमा बस्नेहरूले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । एमसिसी नेपालमा ल्याई पाउँ भनेर प्रधानमन्त्री हुँदा चिठी पठाउने झलनाथ बाटामा हिंड्दा ढुंगा हान्दैनन्,’ उनले थपे, ‘बाबुराम भट्टराई एमसिसी अगाडि बढाउनुपर्छ भन्ने मान्छे हिंड्दा ढुंगा हानिंदैन । नेपाली कांग्रेसले एमसिसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिंदैन । टेबल गरेका छन् सभामुखले, उनलाई ढुंगा हानिंदैन । म बाटामा हिंड्छु ढुंगा हान्छन् ।’
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खरो विरोध गरे । चिनियाँ कथामा पुतलीले मान्छेको सपना देखेको र पछि फेरि मान्छे भएपछि अलमलिएको कहानी सुनाउँदै उनले प्रचण्डको चरित्र पनि छुट्याउन नसकिने बताए । ‘सेप्टेम्बर २९ तारिखमा शेरबहादुर देउवासँग मिलेर प्रचण्डले ४/५ महिनामा एमसिसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसिसी पास नगर्ने भनेका छन्,’ उनी भन्छन्, ‘यो मान्छे हो कि पुतली हो ? कुन सही हो, कुन गलत हो ?’

पाँचै दल एकै चोटी आउ, यिनको हुति छ गठबन्धन टुटाएर एक्लै लड्ने ?

गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको आफ्नै अस्तित्व नभएको टिप्पणी गरे । ‘नाम हे¥यो नेकपा माके, काम हे¥यो कांग्रेसको पुच्छर । नाम हे¥यो, पार्टी फुटाएर एकीकृत । काम हेर्‍यो कांग्रेसका पछि लागेर समाजवादी भयो,’ उनले भने, ‘यो देशमा राष्ट्रवादी पार्टी एमाले मात्रै हो । देशलाई निकास दिने र जनतालाई विकास दिने एमालेले मात्रै हो ।’ उनले स्थानीय तहको चुनावको तयारी थाल्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

गणेशमान एमालेमै फर्किए

कार्यक्रममा एमाले प्रवेश गर्ने लहर नै चल्यो । एमाले गण्डकी सचिव धनन्जय दवाडीले ११ सय जना एमाले प्रवेश गरेको दाबी गरेका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज गणेशमान गुरुङको नेतृत्वमा केन्द्रीयस्तरका नेताहरुसहित सयौं नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । जनजाति आन्दोलनक्रममा २०६९ सालमा एमाले छोडेका गुरुङ विभिन्न पार्टी हुँदै पुनः एमालेमै फर्किएका हुन् । उनीसँगै केन्द्रीय सदस्य तथा तमुवान राष्ट्रिय समितिको इन्चार्ज देवराज गुरुङ, केन्द्रीय सदस्य तथा तमुवान राष्ट्रिय समितिको इन्चार्ज हुमबहादुर गुरुङ, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दीपक तामाङ, गण्डकी प्रदेशका उपाध्यक्ष काशीमाया गुरुङ लगायत नेताहरु एमाले प्रवेश गरेका छन् । यस्तै, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव समूह लगायतबाट पनि एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले उनीहरुलाई माला र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…

hero news full width