साउथ एसियन टेनिस क्रिक्रेट प्रतियोगिता सुरु

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७८
TCAN Photo

पोखरा । प्रथम साउथ एसियन टेनिस क्रिक्रेट प्रतियोगिता बिहीबारदेखि पोखरामा सुरु भएको छ । पोखरा रंगशालामा १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले गरे ।

उनले टेनिस क्रिक्रेट प्रतियोगिताले खेलाडीहरुको क्षमतामा अझधेरै निखार ल्याउने भन्दै खेल क्षेत्रमा निरन्तर लाग्न आग्रह गरे।

प्रतियोगितामा सार्क मुलकका ४ देश र नेपालका ८ समूहको सहभागिता रहेको छ ।  िबहीबार पहिलोे खेलमा नेपाललाई भारतले ७ विकेटले जितेको छ । दोस्रो खेलमा श्रीलंकाले बंगलादेशलाई ४ विकेटले पराजित गरेको छ । भारत र बंगलादेशबीच भएको तेस्रो खेलमा भारतले ५६ रनले जित्यो । अन्तिम खेलमा नेपालले श्रीलंकालाई ८ विकेटले हरायो ।

टेनिस क्रिक्रेट एसोसिएसन नेपालले आयोजना गरेको प्रतियोगिता नेपालमा पहिलो पटक भएको एसोसिएसनका अध्यक्ष दिपेश खत्रीले बताए । उनले टेनिस क्रिकेट प्रतियोगिता र खेललाई नेपालकै उत्कृष्ट खेल बनाउनेतर्फ लाग्ने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width