गोपी–राजन र धरम–हुम सिनियर भेट्रान्सको सेमिफाइनलमा

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७८
vetrans table tenis

पोखरा । गोपीबहादुर भट्टराई, राजन पौडेल, धरमबहादुर लामिछाने र हुम आले पोखरा रंगशालामा जारी सिनियर भेट्रान्स टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको एकलतर्फको खेलहरुमा जित हासिल गर्दै उनीहरुले अन्तिम चारमा स्थान सुरक्षित बनाएका हुन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा गोपीबहादुर भट्टराईले विनोद कायस्थलाई २–६,६–२ र सुपरटाइमा १०–६ ले पराजित गरे । गत महिना पोखरामै सम्पन्न माछापुच्छ्रे ओपन राष्ट्रिय टेनिस प्रतियोगिमा गोपी विनोद कायस्थसँग सेमिफाइनलमा पराजित भएका थिए । त्यस्तै पोखराकै बलिया भेट्रान्स विकास गुरुङलाई ६–१, ६–४ ले पराजित गर्दै राजनले अन्तिम चारमा स्थान बनाउँदा हुम आलेले नवीन चालिसेमाथि ६–३, ६–० को नतिजा निकाले । धरमबहाबदुर लामिछानेले कर्ण तामाङलाई ६–१, ६–२ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
डबल्सतर्फ क्वाटरफाइनलका खेलहरु पनि सकिएका छन् । क्वाटरफाइलनमा धरमबहादुर लामिछाने र गोपी भट्टराईको जोडीले राज गुरुङ र केबी तामाङको जोडीलाई ६–२,६–२ ले, नवीन चालिसे र शरण गुरुङले इन्द्र र प्रकाशको जोडीलाई वाकओभरमा, राजु गुरुङ र नवीन श्रेष्ठको जोडीले वसन्त प्रधान र लक्ष्मण तामाङको जोडीलाई ७–६,६–३ ले तथा लोक गुरुङ र राजन पौडेलको जोडीले विकास गुरुङ र सूर्य भुजेलको जोडीलाई ६–२,६–३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पराजित गर्दै सेमिफाइनलमा उक्लिए ।
प्रतियोगितामा खुला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोस्रो हुनेले नगद ७ हजार ५ सयसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

  • प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस्…
  • प्याब्सन स्पोर्टस् मिटको आज समापन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ । पोखरा रंगशालामा दिउँसो गण्डकी…
  • एनप्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । एन–प्याब्सन कास्कीको आयोजनामा ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लवडेल बोर्डिङका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिक सेकेण्डरीकी…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…

hero news full width