पोखरा । फेदीखोला २, फेदीखोलास्थित महेन्द्र जनसहयोग आधारभूत विद्यालयमा पिक एड एजुकेसन फाउन्डेसनको आयोजनामा १ सय ५० विद्यार्थीलाई स्कुल झोला वितरण गरिएको छ ।
जापानी संस्था पिक एड केन नोगुचीज फाउन्डेसन जापानको एल्पिनिस्ट नोगुची केनद्वारा उपलब्ध गोदार उपकार थापाको पहलमा प्राप्त १ सय ५० थान झोला विद्यार्थीलाई वितरण गरिएको थियो ।
फेदीखोला गाउँपालिका उपाध्यक्ष देवी थापाले गाउँपालिकामा रहेका हरेक विद्यालयका शैक्षिक, भौतिक तथा गुणस्तरयुक्त शिक्षाको लागि हरतरहले लागेको बताउँदै विद्यालयलाई सहयोग गर्ने संस्था तथा उपकार थापाप्रति खुसी व्यक्त गरे ।
कलाकार तथा साहित्यकार लाल कार्की अञ्जानले विद्यालयको लागि आफैंले बनाएको पेन्टिङ हस्तान्तरण गर्दै उनले फेदिखोला गाउँ पालिकाभित्रका सबै विद्यालयलाई १÷१ वटा पेन्टिङ प्रदान गर्ने योजना रहेको बताए ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बलबहादुर गोदारले विद्यालयको बिगत र अहिलेको बारेमा जानकारी गराउँदै जापानका नागरिक पर्वतारोही नोगुची केनको संस्थामार्फत प्राप्त सहयोगले विद्यालयको भौतिक पूर्वाधारमा कायापलट भएको बताए ।
फेदीखोला २ मा रहेका महेन्द्र जनसहयोग आधारभूत विद्यालयसहित कालाभैरव मावि, खहरे आवि, सिद्धार्थ मावि र फेदीखोला १ मा रहेको शिवालय आविका विद्यार्थीलाई झोला वितरण गरिएको थियो । छालाबाट बनेको झोला भएकोले लामो समयसम्म टिक्ने गोदारले बताए ।
पिक एड स्कुल प्रोजेक्ट फाउन्डेसनको नाम परिवर्तन गरी उपकार फाउन्डेसन नेपाल बनाउन राख्नु भएको प्रस्तावलाई सर्वसम्मत रुपमा अनुमोदन गरिएको अध्यक्ष गोदारले बताए ।
गाउँपालिका उपाध्यक्ष देवी थापा, पूर्व गाविस अध्यक्ष लेखनाथ पराजुली, जनआदर्श माविका पूर्व प्रअ उमाकान्त सुवेदी, बृहत फेदीखोला पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष अविलाश गुरुङ, वर्तमान उपाध्यक्ष जगदीश लामिछाने, समाजसेवी पुष्पराज बराल, कलाकार तथा साहित्यकार लाल कार्की अञ्जान, पत्रकार कृष्ण रानाभाट लगायतले झोला वितरण गरेका थिए ।
विद्यालयका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत धर्मदत्त पौडेलले र सञ्चालन प्रधानाध्यापक तारापति सुवेदीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१