एमसिसीकै कारण फुटको बाटोमा गठबन्धन

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७८
Deuba Prachanda Nepal

पोखरा । सत्तारूढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच बालुवाटारमा भएको बैठक दुई चलेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो । सत्तारूढ गठबन्धनमा रहेका दलहरूले एमसिसी पारित गर्न साथ नदिने भएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यका लागि संवाद गरिरहेका हुन् ।
बैठकमा अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसिसी, संसद सञ्चालन, १४ सांसदमाथिको कारबाही वा सभामुखको बहिर्गमन लगायत सबै विषयमा खुलेर कुराकानी भएको एमाले नेता सुवास नेम्वाङले बताए ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि एमसिसी लगायत सबै विषयमा कुराकानी भएको तर कुनै सहमति नभएको जानकारी दिए ।
थप छलफलका लागि शुक्रबार फेरि दुई दलका नेताहरूबीच बैठक बस्ने बताइएको छ ।
यता, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि महामन्त्री थापाले गठबन्धन अघि नजाने बताएका हुन् । ‘यो गठबन्धन अघि जाँदैन । धरापमा पुगिसक्यो,’ थापाले भने ।

एमसिसी, सांसदमाथि कारबाही, संसद् सञ्चालन लगायत विषयमा कुराकानी भए पनि सहमति नभएको

एमसीसीको विषयले सत्ता गठबन्धन फुटतिर गएको छ । माओवादी केन्द्र कुनैपनि हालतमा संशोधनबिना एमसीसी पास गर्न तयार नभएपछि गठबन्धन फुटतर्फ गएको हो । यद्यपि फुटको औपचारिक घोषणा भने हुन बाँकी छ ।
बिहीबार बिहान माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका माधवकुमार नेपालबीच संशोधनबिना एमसीसी कुनै हालतमा स्वीकार गर्न नसक्ने निचोडमा पुगेका थिए । यसैबीच अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको छ । भेटमा एमसिसी र संसद् खुलाउनेबारेमा छलफल भएको प्रचण्डले बताएका छन् ।
एमसीसीका सवालमा सत्तारुढ गठबन्धनभित्र तीव्र असहमति बढेसँगै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि पास गराउने रणनीति लिएको विश्लेषण गर्न थालिएको छ भने सडकमा विरोध तीव्र भइरहेको छ । सरकारमा रहेको गठबन्धनसमेत सडकमा पुग्नेतर्फ राजनीति अघि बढेको छ ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width