शिशुवा अस्पताललाई ज्योति बैंकको सहयोग

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७८
Jyoti Bikas Bank

लेखनाथ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत पोखरा ३० स्थित शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले अस्पताललाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।
अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पोखरा क्षेत्रका प्रमुख विशाल लामिछाने र बैंकका तालचोक शाखा प्रबन्धक सागरमणि भण्डारीद्वारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नारायण ओझालाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । कार्यक्रममा अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर सञ्चालनसम्बन्धि विशेष तालिम पनि प्रदान गरिएको थियो ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नका लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरु गर्दै आएको छ ।
बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्वारा प्रबद्र्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा बेबी वार्मर बनाई देशका अस्पताललाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको बेबी वार्मर परियोजना– २ को लागि सहयोग गरेको थियो ।
ज्योति विकास बैंकले हाल १ सय ११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मी सनराइजको एक्स्टेन्सन शाखा

    आदर्श समाज सम्वाददाता कार्तिक १२, २०८१
    पोखरा । लक्ष्मी सनराइज बैंकले पोखरा बाटुलेचौरमा एक्सटेन्सन शाखा संचालनमा ल्याएको छ । आइतबार सुरु उक्त शाखाले बैंकको विभिन्न सेवासहित…
  • ग्रीन डेभलपमेण्ट बैंक र खेलकुञ्ज एरेनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा १३, कुँडहर सिग्देलमार्गस्थित खेलकुञ्ज एरिना प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर…
  • ग्रीन डेभलपमेन्ट बैंक–ग्यालेक्सी हस्पिटल सम्झौता

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीहरु र उनका आश्रित परिवारका ग्यालेक्सी हस्पिटलसँग…
  • ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान

    आदर्श समाज सम्वाददाता भाद्र ९, २०८१
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंकको १२ औं वार्षिकोत्सव अवसरमा बैंक र लायन्स क्लब अफ पोखरा भद्रकाली आयोजनामा आइतबार रक्तदान कार्यक्रम…
  • ग्रीन बैंकको खुद नाफा ३ करोड ८६ लाख

    आदर्श समाज सम्वाददाता श्रावण २१, २०८१
    पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले २०८०/८१ आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशन साउन १८ गते गरेको छ…

hero news full width