लेखनाथ । १७ औं लेखनाथ महोत्सव यही फागुन अन्तिम सातादेखि हुने भएको छ । कोरोना महामारीका कारण यसअघि महोत्सव स्थगित भएको थियो ।
आयोजक लेखनाथ उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलन गरी फागुन २६ देखि चैत ७ सम्म महोत्सव गर्ने गरी मिति तय गरिएको जानकारी दियो । सुन्तला महोत्सवको नामबाट आजभन्दा १८ वर्षअघि सुरु महोत्सव पोखरा क्षेत्रमा हुने ठूलो महोत्सवअन्तर्गत पर्दछ ।
संघ अध्यक्ष छत्रधर आत्रेयले समय अनुकूल भएसँगै महोत्सवको तयारीमा जुटेको जानकारी दिए । यसअघि गत माघ १३ देखि २४ सम्म महोत्सव हुने भनिएकोमा स्थानीयले प्रशासनले कोरोनाका कारण मेलामहोत्सवमा रोक लगाएको थियो ।
करिब ३ सय स्टल रहने महोत्सवको करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब १० करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ । यस्तै, महोत्सवमा करिब १ करोड ५ लाख आम्दानी हुने र ९० लाख खर्च भई १५ लाख बचत हुने अनुमान गरिएको छ ।
महोत्सवका नारा ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ तय गरिएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना, गण्डकी प्रदेश पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पोखरा महानगरपालिका कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा महोत्सव गर्न लागिएको हो ।
नेपाल इको प्यानलको मुख्य प्रायोजन र राष्ट्रिय वाणिज्य बैंकको सहप्रायोजन रहने महोत्सवको मुख्य उद्देश्य कोभिड १९ को कारणले थला परेको अर्थतन्त्र चलायमान बनाई यस क्षेत्रको आर्थिक गतिविधि बढाउने रहेको महासचिव उपेन्द्रराज सुवेदी राजुले बताए । ‘औद्योगिक उत्पादन तथा हस्तकलाका सामानको बजार प्रवद्र्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभूषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने महोत्सवको मुख्य उद्देश्य हो,’ उनले भने ।
कोरोना महामारीका कारण यसअघि स्थगित महोत्सव फागुन २६ देखि चैत ७ सम्म हुने भएको हो
साहित्यिक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्किने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा/महिला समूहको झाँकी, र्याली तथा भेषभूषा प्रदर्शनी, कलाकारको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट लगायत कार्यक्रम हुने संघघका द्वितीय उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेनाले आयातित बस्तुको अलावा कृषिमा आधारित उत्पादन प्रथामिकता दिंदै कोभिडका कारणले थला परेको अर्थतन्त्र चलायमान बनाउँदै यस क्षेत्रको आर्थिक गतिविधि बढाउन महोत्सव सहयोगी हुनुपर्ने सुझाव दिए ।
महोत्सवका लागि ८ सदस्यीय निर्देशक समिति, ४१ सदस्यीय महोत्सव सल्लाहकार समिति, १ सय ९२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ ।
बचत रकम प्रदर्शनीस्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, लेखनाथ उद्योग वाणिज्य संघको रजत वर्षको सन्दर्भमा बेगनासताल परिसरमा डिस्प्ले बोर्ड निर्माण लगायतमा खर्चिने आयोजकले जनायो ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पुसमा २० औं लेखनाथ महोत्सव
आइकोनिक रिमझिम बल क्यान्डी
४ महिनामा साढे ४ खर्ब व्यापार घाटा
आदर्श समाजकर्मी शर्मा सम्मानित
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१