पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७८
pal shah

पोखरा, ११ फागुन । नेपाली फिल्मका चर्चित अभिनेता पल शाहविरूद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ । एक गायिका तथा मोडलले जिल्ला प्रहरी कार्यालय तनहुँमा आफ्नो बावुको नामबाट बुधबार जाहेरी दर्ता गराएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता प्रहरी नायव उपरीक्षक पूर्णबहादुर खड्काले जाहेरी परेको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जानकारी दिए । सुरुआतमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेकोमा घटनास्थल आफ्नो क्षेत्राधिकारभित्र नभएको भन्दै प्रहरीले तनहूँ जान सुझाएको बताइएको छ।

पटक–पटक पलले आफूमाथि जबर्जस्ती करणी गरेको र पछिल्लो समय दुलेगौंडास्थित प्रदीप थापाको घरकोठामा गत वैशाख १४ गते भएको जाहेरीमा उल्लेख छ । कास्की प्रहरी स्रोतका अनुसार ती गायिका झन्डै १ महिनाअघि परिवारसहित पलविरूद्ध उजुरी गर्न आएकी थिइन्।

तनहूँमा दर्ता जाहेरीमा प्रतिवादीले गत वर्षको पुस १० मा पोखरास्थित होटल प्राइममा र सोही वर्षको चैत ७ मा चितवनको गैंडाकोटस्थित एक रिसोर्टमा पटक–पटक जबर्जस्ती करणी गरेको उल्लेख छ । साथै हेरविचारको बहानामा मायाप्रेमको झुठो नाटक गरी निज पल शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (२) विपरीत कसुर गरेको भन्दै कडाभन्दा कडा कारबाही गरी कानुनबमोजिम पीडितलाई उचित क्षतिपूर्तिसमेत दिलाउन माग गरिएको छ । पल र ती गायिकाबीच गत वर्षको असोज २२ मा काठमाडौंमा एक गीत भिडियो सुटिङक्रममा पहिलो पटक भेट भइ फेसबुक आइडी र फोन आदानप्रदान भएको थियो । दाङको घोराही उपमहानगरपालिका वडा २, रामपुरका ३२ वर्षीय पल शाहको वास्तविक नाम पूर्णविक्रम शाह हो।

कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शारीरिक सम्बन्ध बलात्कार ठहर्ने कानुनी व्यवस्था छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ । उक्त दफाले कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width