थप ३१२ मा कोरोना सङ्क्रमण पुष्टि

रासस
फागुन ११, २०७८

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । थप दुई जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६९३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ३६१ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ९७१ रहेको छ । पछिल्लो समय थप ९११ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ५४ हजार ३४१ पुगेको छ । निको हुने दर ९६ दशमलव सात प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

थप दुईको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट हुने मृत्यु दर १।२ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय एक लाख ३५ हजार ७९० ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ९० रहेको छ । अहिले होमआइसोलेसनमा नौ हजार ७९३ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ३२७, आइसियुमा १०५ र भेन्टिलेटरमा १९ जनाले उपचार गराइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width