पोखरा । नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) बुधबारदेखि बिक्री खुला भएको छ । अंकित मूल्य १ सयका दरले कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण समूहमा बिक्री गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
सर्वसाधारणले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका जुनसुकै शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीडीएससीको अनलाइन प्रणाली ‘मेरो सेयर’ मार्फत पनि आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रहेको छ । आईपीओ बाँडफाँड पश्चात चुक्ता पुँजी २५ करोड ५० लाख पुग्नेछ । आर्थिक वर्ष ०७६र७७ सम्म कम्पनीको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ८७ पैसा छ । पर्वतमा मुख्य कार्यालय रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ आव ०७६र७७ सम्म २६० रुपैयाँ छ । इक्रा नेपालले कम्पनीलाई ‘बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनी वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१