बेलायती राजदूतको साइकल यात्रा

जमुना वर्षा शर्मा
फागुन ११, २०७८
rajdut ko cycle yatraas

पोखरा । नेपालस्थित बेलायती राजदुत निकोला पोलिटले बेगनास फेरोमा साइकल यात्रा गरेकी छन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले बेगनास फेरोको करिब १० किमी साइकल यात्रा गरेकी हुन् ।
पोखरा महानगर पालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन यहाँ आएकी उनले वेगनास फेरोमा साइकल यात्रा गरेको जानकारी सृदृढ परियोजनाका पोखरा संयोजक होमनाथ गैह्रले दिए । उनका अनुसार पोलिटले सोमबार साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकनसहित साइकल यात्रा गरेकी हुन् ।
पोलिटले साइकल यात्राबारे अनुभव सुनाउँदै भनिन्, ‘निकै रमाइलो भयो । माछापुच्छ्रेको सुन्दर दृश्य हेर्दै वेगनास वरिपरिको साइकल यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय बन्यो ।’
कोरोनाले पर्यटनमा असर पारेको जनाउँदै उनले अब भिसा प्रोटोकल लुज हुँदै र कोरोना संक्रमण दर घट्दै गएपछि नेपालमा पर्यटकको संख्या बढ्ने विश्वास समेत व्यक्त गरिन् । उनले पर्यटकलाई साइकल रुटबारे जानकारी दिन सके र साइकलमैत्री पूर्वाधार बनाउन सके पर्यटन प्रवद्र्धन हुँदै जाने विश्वास व्यक्त गरिन् ।
उनल नेपाल ब्रिटिसको कुटनीतिक सम्बन्ध धेरै राम्रो भएको र बेलायतमा नेपाललाई हेर्ने दृष्टिकोण पनि निकै सकारात्मक रहेको बताइन् । उनले ब्रिटिसहरुले नेपालका अग्लाअग्ला पहाड हेर्न र हिमाल आरोहण गर्न निकै मन पराउने गरेको बताइन् ।
साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाले लेखनाथको लामास्वाराँदेखि रामदीवेगनास, सुन्दरीडाँडा हुँदै वेगनास फेरोको साइकल यात्रा गरेको जानकारी दिए । साइकल सिटीले पोखरालाई प्रवद्र्धन गर्न ‘टुर दि पोखरा’ सँगै नयाँ वर्ष ‘नयाँ ठाउँ, एक गन्तव्य’ कार्यक्रम गर्दै आएको छ । त्यसका लागि पोखराका विभिन्न २१ स्थानहरुमा साइकल स्टयन्ट राखेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width