पोखरा । महिला उद्यमशीलता, क्षमता वृद्धिको लागि जुत्ता चप्पल बनाउने तालिम सुरु भएको छ । जाल्पादेवी महिला उद्धार समूह सिमलचौरको आयोजना तथा पोखरा महानगरपालिका वडा ८ को सहयोगमा स्थानीय महिलाका लागि मंगलबारदेखि तालिम सुरुआत गरिएको समूहका अध्यक्ष राधिका थापाले बताइन् । तालिम एक सातासम्म चल्नेछ ।
तलिम उद्घाटन गर्दै वडाध्यक्ष रुद्रनाथ बरालले वडामा रहेका महिलालाई आत्मनिर्भर गराउने उद्देश्य अनुसार १ हजार १ सयभन्दा बढीलाई विभिन्न तालिममा सहयोग गरिंदै आएको बताए ।
कार्यक्रममा वडा सदस्य कृष्णमान ठुसाजु, किरण गौतम, सृजना विकास केन्द्रका उपाध्यक्ष कृष्णबहादुर थापा, जाल्पादेवी टोल समितिका अध्यक्ष विश्वकुमार विजुक्छे, सृजना महिला सहकारीका अध्यक्ष सुष्मा पहारी, संस्थापक अध्यक्ष शारदा सुवेदी, पूर्व अध्यक्ष पवित्रा केसी लगायतले तालिममार्फत समूह पहिचान गरी व्यावसायिक उत्पादन गर्नुपर्नेमा जोड दिए ।
समूह अध्यक्ष राधिका थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक गोविन्द नेपाली, उपाध्यक्ष दुर्गा अधिकारी, सचिव अमृता गिरीले तालिमको महत्वबारे बोलेका थिए । २०५३ सालमा स्थापित समूहमा ५ सयभन्दा बढी महिला सदस्य छन् । संस्थाले शिक्षा, स्वास्थ्य लगायत विभिन्न तालिम गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१