भूपूहरुको प्रदेश कमिटी गठन

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७८
ex

पोखरा । नेकपा एमाले समर्थित भूपूहरुको संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन पोखरामा मंगलबार सम्पन्न भयो ।
अधिवेशनले सई शेरबहादुर जिसीको अध्यक्षतामा ७१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । कमिटीको वरिष्ठ उपाध्यक्ष कोप्रल शेरबहादुर गुरुङ, उपाध्यक्ष सु. सूर्यकुमार श्रेष्ठ, सचिव सु. सत्यराज सापकोटा, उप–सचिव नायब शंकर पोखरेल र सु. भरत पौडेल तथा कोषाध्यक्षमा नायब राजबहादुर गुरुङ चयन भए ।
अधिवेशनको एमालेका उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै देश निर्माण भूपूहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले भूपूहरुलाई पहिलो पटक पार्टीमा संगठित गर्ने कार्य गण्डकी प्रदेशबाट सुरु भएको बताउँदै भूपूहरुको सक्रियताबाट समाज सेवा र राजनीतिक पार्टीसमेतमा गतिशीलता आएको बताए ।
सम्बोधनको सुरुमै उनले भूपूहरुलाई स्वास्थ्य राम्रो भए मात्र सेवा गर्न सकिने बनाउँदै स्वास्थ्यको ख्याल राख्न सुझाव दिएका थिए ।
एमालेका पोलिटब्युरो सदस्य आनन्दप्रसाद आचार्यले देशमा २४ लाख भूपू सैनिक तथा प्रहरी रहेको उल्लेख गर्दै भूपूहरुलाई ओझेलमा राखियो भने पार्टीले पराजय भोग्नुपर्ने चेतावनी दिए । साथै उनले सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउन भूपूहरु एकताबद्ध भएको बताए ।
एमाले गण्डकी प्रदेश कमिटीका सह–इन्चार्ज जगतबहादुर विश्वकर्माले समाज रुपान्तरणमा होस् वा विपत्तिका बेला उद्धारका कार्यमा भूपूहरुको उल्लेखनीय योगदान रहेको चर्चा गर्दै राष्ट्रिय राजनीतिलाई पनि ठिक दिशामा ल्याउन जरुरी रहेको बताए ।
भूपू संगठन केन्द्रीय कमिटीका कार्यवाहक अध्यक्ष क्या. लालकाजी गुरुङले हामीले मित्रराष्ट्रमा सेवा ग¥यौं अब जन्मभूमिका काम गर्नु छ भन्दै अव भूपूहरु संगठनमा रहेर पार्टीलाई सहयोग गर्र्नुपर्नेमा जोड दिए ।
संगठनका केन्द्रीय उपाध्यक्ष सु. मनबहादुर गुरुङले माओवादीलाई साथ लिँदा पार्टी दुर्घटनामा परेको बताउँदै अब भूपूहरु एक ढिक्का भएर पार्टीलाई उठाउनुपर्ने बताए ।
केन्द्रीय कमिटीका सह–संयोजक मीठाराम केसीले संगठन भूपूहरुको वर्गीय हितको लागि लागेको एमालेको भातृसंगठन भएको बताए ।
सभाको अध्यक्षको आशनबाट क्या. धनबहादुर गुरुङले प्रदेशका ९ जिल्लामा संगठन बनेको बताउँदै आउँदो स्थानीय चुनावमा सबै एकमत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
संगठनको केन्द्रीय सदस्य तथा प्रदेश सचिव धर्मदत्त तिमिल्सिनाबाट सञ्चालित उक्त कार्यक्रममा सदस्य गोपाल गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width