पोखरा । सरकारले आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । सोही अनुसार चुनावी तयारी अघि बढेका छन् । राजनीतिक दलहरु समेत जनतासँग भेट्ने र उम्मेदवार खोजीमा जुटेका छन् । उम्मेदवारहरु पनि नाम घोषणा गर्न तछाडमछाड गरिरहेका छन् ।
यसैक्रममा आफूखुसी उम्मेदवारको आकांक्षा घोषणा गरेपछि कांग्रेस पोखरा महानगर समितिले अंकुश लगाएको छ । महानगरका दुवै सचिवहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गरी पार्टीको विधि र विधानविपरीत आफुखुसी उम्मेदवारी घोषणा नगर्न भनेका हुन् । सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले आकांक्षा भए पनि विधानविपरितको काम गरे पार्टीको गरिमामा आँच आउने बताए ।
अहिले सामाजिक सञ्जालमा आकांक्षीका नाम सार्वजनिक धमाधम भइरहेका छन् । केही उम्मेदवारले निकटलाई सार्वजनिक गर्न भनेका छन् भने केहीले आफै पनि घोषणा गरिरहेका छन् । सबै पार्टीका उम्मेदवारका आकांक्षी घरदैलोमा पनि हिडेका छन् । तर पार्टीले कसलाई टिकट दिन्छ भन्ने ‘ग्रिन सिग्नल’ कसैले पाएका छैनन् । ‘केही समययता स्थानीय निर्वाचनलाई केन्द्रित कांग्रेसका केही कार्यकर्ताले महानगर प्रमुखको उम्मेदवारी स्वघोषणा गरी सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको छ । यसले सिंगो कांग्रेसको गरिमालाई आँच नपुगोस् भन्ने विषयमा हामी सजक हुनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित समितिको सिफारिसमा केन्द्रीय समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउँछ । त्यसअघि पार्टीको नाम जोडेर उम्मेदवारी घोषणा नगर्न अनुरोध छ ।’
पोखरा कांग्रेसले निर्वाचन लक्षित घोषणापत्र जारी गर्ने र सोही घोषणापत्र आधारमा काम गर्न सक्ने सक्षम उम्मेदवारको खोजी गरिने बताएको छ । घोषणापत्र बनाउन सबैसँग सुझाव मागिएको सचिव गणेशबहादुर थापाले बताए । ‘पोखरा महानगरका लागि कस्ता नीति तथा योजना आवश्यक पर्छ त्यसको माग जनस्तरबाट आउनुपर्छ,’ उनले भने, ‘घोषणापत्रमा राजनीतिक कार्यकर्ता, युवा, विद्यार्थी, पत्रकार तथा नगरप्रेमी बुद्धिजीवीको सक्रिय सहभागिता रहोस् भन्ने हामी चाहन्छौं ।’
कांग्रेसको तर्फबाट पोखरा महानगरको रोडम्यापको रुपमा घोषणापत्र तयार गरिने उनको भनाइ छ । नेपाली कांग्रेसमा आकांक्षी धेरै हुने र निर्वाचनको बेला एउटाले टिकट पाएपछि अरुले असहयोग गर्ने परम्परा धेरै पहिलेदेखि चलिआएको कांग्रेसीहरु गुनासो गर्छन् । यसपालिको निर्वाचनमा भने त्यस्ता प्रवृत्ति दोहोरिन नदिने गरी काम गरेको थापाले सुनाए ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१