धरान । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
दमक नगरपालिका– ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दकम–५ बाट राहदानी बनाएको र इलामको चुलाचुलीबाट नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ । प्रहरीले खोजी गरे पनि दमकमा उनलाई चिन्ने मान्छे नभएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनी दाजुको घरमा गएका र पारिवारिक कारणले हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ । चाँडै घट्नामा संलग्न व्यक्ति सार्वजनिक गरिने निरीक्षक थापाले जानकारी दिनुभयो । गएको बुधबार र बिहीबार धरान ४ को आपगाँछी क्षेत्रको जङ्गलमा दुई वटा झोलामा हाट खुट्टा, टाउको र शरीरको टुक्राटुक्रा अवस्थामा शव भेटिएको थियो ।
शव पहिचानका लागि प्रहरीले स्केच तस्बिर बनाएर सार्वजनिक गरेको थियो । उक्त घटनामा सङ्घीय प्रहरी इकाई र इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
रविविरुद्ध चितवनमा पनि जाहेरी
दुर्गा प्रसाईंलाई ५ दिन थुनामै राख्न अनुमति
प्रसाईंलाई ३ कसूरमा अनुसन्धान तयारी
लामिछानेलाई १३ दिन म्याद थप
सहकारी ठगीमा थप एक पक्राउ
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१