भेट्रान्स टेनिस जारी

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७८
tennis

पोखरा । पोखरा रंगशालामा जारी रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगितामा भीष्मराज पौडेल र राजेश गुरुङ नवप्रवेशीतर्फ फाइनल प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनलमा भीष्मले दुर्गा सुनारलाई ६–२, ६–३ ले तथा राजेशले रविन गुरुङलाई ६–२,६–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको नवप्रवेशीतर्फको फाइनल मंगलबार हुनेछ ।
त्यस्तै सिनियर भेट्रान्सतर्फका खेलहरु पनि मंगलबारदेखि नै सुरु हुने आयोजक संघ कास्कीका सचिव नवीन श्रेष्ठले जानकारी दिए । नवप्रवेशीतर्फ सेमिफाइनल पुगेका भीष्मराज पौडेल, रविन गुरुङ, दुर्गा सुनार र राजेश गुरुङले पनि सिनियरतर्फ भाग लिन पाउने भएका छन् ।
खुला एकलतर्फका विजेताले १५ हजार तथा दोस्रो हुनेले नगद ७ हजार ५ सयसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशीतर्फका विजेता र उपविजेताले ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width