स्याङ्जा । स्थानीय तहको निर्वाचन वैशाख ३० का लागि तोकिएको छ । निर्वाचन नजिकिएसँगै मतदाता नामावलीमा नाम भएका मतदातालाई लक्ष्य गरी स्याङ्जा जिल्ला निर्वाचन कार्यालयले परिचयपत्र हराएकालाई फागुन २० गतेसम्म निवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । जिल्ला निर्वाचन कार्यालय स्याङ्जामा आएर निवेदन दिनसक्ने कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकृत गुरुप्रसाद मरासीनीका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएमा कार्यालय आएर निवेदन दिन सकिन्छ । कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ ।
मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र पनि ल्याउनुपर्ने कार्यालयले जनाएको छ । योसँगै जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकाका मतदातालाई जानकारीका लागि सूचना सार्वजनिक गरिएको उनले जनाए ।
कार्यालयका अनुसार आर्थिक वर्ष सुरु भएसँगै यहाँ १८ हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथा इलाका प्रशासन कार्यालयमा भइरहेको मतदाता नामावली दर्ता कार्य स्थानीय तह निर्वाचन घोषणासँगै निर्वाचन आयोगको निर्देशनअनुसार हाल स्थगित छ ।
मतदानको अघिल्लो दिन अर्थात् वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएकाले किशोर किशोरीले मतदान गर्न सकिने नयाँ व्यवस्था छ । यसअघि भने निर्वाचन घोषणाका दिन १८ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान थियो ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१