लेखनाथ महोत्सवका उपसमिति सक्रिय

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७८
lekhnath~

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघबाट आयोजित १७ औं लेखनाथ महोत्सव सफल बनाउन गठित कार्यसम्पादन समिति एवं विभिन्न उपसमितिका संयोजकको बैठक आइतबार संघको सभाकक्षमा भएको छ ।
महोत्सव मूल समारोह समिति निर्देशक एवं नेउवा महासंघ केन्द्रीय सदस्य बाबुराम गिरीले वर्तमान अवस्थामा विद्यमान चुनौतीको सामना गर्दै सबैको आँट तथा हौसलाबाट नै महोत्सव सफल हुने हुँदा सबै एक भएर अगाडि बढ्न सुझाव दिए । महोत्सवका लागि गठन गरिएका ५४ वटा उपसमितिमध्ये उपस्थित अधिकांश संयोजकहरुले छोटो समयमा महोत्सव सम्पन्न गर्नुपर्ने भएकोले उपसमितिले महोत्सवको तयारीबारे प्रगति विवरण जानकारी दिए ।
संघका अध्यक्ष एवं महोत्सव आयोजक मूल समारोह समति संयोजक छत्रधर ओत्रयको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग