कपडा व्यवसायी कास्कीको रजत वर्ष

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७८
Kapada Pic

पोखरा । कपडा व्यवसायी एसोसियसन कास्कीको रजत वर्षको अवसरमा योग शिविर सञ्चालन गरेको छ । पतञ्जली योग समिति कास्की अन्तर्गतको गणेश योग केन्द्र पोखरामा भएको शिविरमा कपडा व्यवसायीलगायत सहभागी थिए ।
शिविरको समापन गर्दैै पोखरा ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाले योगको विकासका लागि आफूहरु सकारात्मक रहेको बताउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । योग केन्द्रलाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिँदै उनले केन्द्रमा इन्टरनेटको व्यवस्था गरिदिने बताए ।
एसोसियसनका संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोलाले मानव जातिमा सुदूर भविष्यको गहिरो चिन्तन गर्दै विभिन्न ऋषिमुनिहरुले यसको विकास गरेकाले योगको अनुसरण आवश्यक रहेको बताए । एसोसियसनका पूर्व अध्यक्ष रामचन्द्र गौतमले शरीर स्थिर राख्न नहुने उल्लेख गर्दै नियमित योगाभ्यासमा जोड दिए ।
एसोसियसनका निवर्तमान अध्यक्ष नवीन नापितले योग मानव स्वास्थ्य र दीर्घ जीवनका लागि अपरिहार्य रहेको बताए । कपडा व्यवसायी एसोसियसन कास्कीका महासचिव धर्ममान सिंह भण्डारीले योग विश्व समुदायका लागि पूर्वीय दर्शनले दिएको एक सुन्दर अनुपम उपहार भएको बताए । गणेश योग केन्द्रकी योग प्रशिक्षक वन्दना पालिखेले भावका साथ गरिने योगले आनन्द प्राप्त हुने उल्लेख गरिन् ।
कपडा व्यवसायी एसोसियसन कास्कीको रजत वर्षका अवसरमा संस्थाका अध्यक्ष विष्णुप्रसाद तिमिल्सनाको नेतृत्वमा संस्थाका सदस्य व्यवसायी ५ दिनसम्म चलेको शिविरमा सहभागी भएका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width