मानवअधिकार उल्लंघनबाट ५१३ पीडित

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७८
insec

पोखरा । मानवअधिकार उल्लंघन र ज्यादतिका घटनाबाट गण्डकीमा गत वर्ष ५ सय १३ जना पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा (इन्सेक) गण्डकीको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०२१ को सार्वजनिकीकरण कार्यक्रममा इन्सेक प्रदेश संयोजक शिवप्रसाद खकुरेलले सन् २०२१ मा गण्डकीमा राज्य पक्षबाट ४९ र गैरराज्यपक्षबाट ४ सय ६४ जना मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाबाट पीडित बनेको जानकारी दिए । जसमा राज्य पक्षबाट १ महिला ४८ जना पुरुष र गैरराज्य पक्षबाट ४ सय ३४ महिला र ३० जना पुरुष पीडित छन् । अभिलेख अनुसार राज्यपक्षबाट सबैभन्दा बढी पोखरा महानगरका ९१ जना पीडित बनेका छन् ।
प्रदेशभर बालअधिकार उल्लंघनका घटनामा १ सय ५ बालिका र ५ जना बालक, महिला अधिकार उल्लंघन घटनामा ३ सय १०, जातीय विभेदमा ४ जना, हत्या २६ जना कुटपिट ७ जना, धम्की ३ जना, अमानविय व्यवहार ३ जना र गिरफ्तारीका घटनामा ६ जना पीडित बनेको तथ्यांक इन्सेकले अभिलेख गरेको छ ।
अघिल्लो वर्ष सन् २०२० मा राज्य पक्ष र गैरराज्य पक्षबाट गरी ३ सय ८५ जना पीडित बनेको इन्सेकले अभिलेख गरेको थियो ।
कार्यक्रममा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तक नेपालको समग्र मानवअधिकारको अवस्थाको ऐना भएको बताए । मानवअधिकारको विषय राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय विषय रहेको बताउँदै उनले इन्सेकले ती सवाल पनि उठाउन आवश्यक रहेको बताए ।
समानता, स्वतन्त्रता र साइबर क्राइमको विषय र दिगो विकासका लक्ष्यका अहिलेको मानवअधिकारको मुख्य सवाल रहको उनको भनाइ छ ।
मानवअधिकार एलायन्स केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनबहादुर शाहीले न्यायालयलाई पर राखेर मानवअधिकारको परिकल्पना गर्न नसकिने बताए ।
नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले मानवअधिकार वर्ष पुस्तक नेपालको मानवअधिकारको चित्रको रुपमा रहेको बताए ।
गैरसरकारी संस्था महासंघ केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले राजनीतिक अधिकार प्राप्तिसँगै अब आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सवालमा सरकारी र गैरसरकारी संस्था लाग्नुपर्ने बताए । न्यायलयबाट सम्पादन भएका मुद्दा कार्यान्वयनको पक्ष फितालो रहेको भन्दै राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक दीपक केसीले सुरक्षागृह अभावका कारण हिंसामा परेका महिलालाई सुरक्षा दिने सवालमा कठिनाइ हुने गरेको बताए ।
कार्यक्रममा मानवअधिकार रक्षक सञ्जाल गण्डकी अध्यक्ष इन्दिरा पौडेल, महिला मानवअधिकार रक्षक संजाल कास्की अध्यक्ष इन्द्रकुमारी शर्माले बोलेका थिए । इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईलाई उत्कृष्टताको सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width