पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला क्याथरिन पोलिटबीच औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमै उहाँहरुबीच सोमबार भेट भएको हो ।
संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले २ देशबीचको दौत्य सम्बन्ध निकै पुरानो भएको स्मरण गरे । उनले गण्डकी प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघुउद्यम प्रवद्र्धन र आयआर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश र स्थानीय तहको सुशासन र क्षमता विकास जस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध कायम भएको थियो । नेपाली युवाहरु बेलायती सेनामा संलग्न भएर लामा समयदेखि काम गर्ने अवसर पाएको भन्दै मुख्यमन्त्री पोखरेलले उनीहरुको परिवार बेलायतमै बस्दै आएको चर्चा गरे ।
उनले जलवायु परिवर्तन अनुकुलन र विपद् व्यवस्थापन पर्यटन पूर्वाधार विकास र आय आर्जन र ठूला पूर्वाधार निर्माणमा सहयोगजस्ता क्षेत्रमा बेलायतबाट प्रदेश सरकारले थप सहयोगको अपेक्षा गरेको बताए ।
मुख्यमन्त्री पोखरेलले प्रदेशलाई आवश्यक कानुनहरूको तर्जुमा र कार्यान्वयन, योजनावद्ध विकासका लागि प्रथम पञ्चवर्षीय योजना तर्जुमा, दिगो विकास लक्ष आधाररेखा प्रतिवेदन तयारी, मध्यमकालीन खर्च संरचना, आयोजना बैंक जस्ता रणनितिक महत्वका दस्तावेजहरूले प्रदेशको विकासका लागि सरकारको गन्तव्य सुनिश्चित गरेको जानकारी गराए ।
उक्त अवसरमा बेलायती राजदूत निकोलाले जलवायु परिवर्तन अनुकुलन र पर्यटन प्रवद्र्धनका लागि बेलायत सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता जनाइन् । पोखराको सुन्दरताबाट प्रभावित भएको भन्दै उनले सोमबार बिहान साइक्लिङबाट आनन्द लिएको खुसी साटिन् ।
नेपालसँगको पुरानो सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन आफूहरु हरदम तयार रहेको उनको भनाइ थियो । पोखरा र गण्डकी प्रदेशको स्वास्थ्यको क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगले निरन्तरता पाउने पनि उनले उक्त अवसरमा जानकारी गराइन् । राजदूत निकोलाले संघीय शासन प्रणाली लागु भएपछिको अवस्था र प्रदेश सरकारको अनुभवका बारेमा उक्त अवसरमा जिज्ञाशा राखेकी थिइन् ।
गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले समृद्ध प्रदेशः सुखी नागरिक निर्माणका लागि हामीले प्रथम पञ्चवर्षीय योजनाका माध्यमबाट बहुआयामिक गरिबी सूचकांक १४ दशमलव २ बाट ७ प्रतिशतमा झार्ने, औसत आर्थिक वृद्धिदर १० दशमलव २ प्रतिशत पु¥याउने लक्ष्य राखेको उनले राजदूत निकोलालाई सुनाए । उनले भने, ‘प्रतिव्यक्ति आय १ हजार ४३ बाट १ हजार ९ सय ५६ अमेरिकी डलर पु¥याउने, पूर्ण बेरोजगारी ९ बाट ४ प्रतिशतमा घटाउने लक्ष्य लिएका छौं ।’ गण्डकी प्रदेशलाई पर्यटन हब र पोखरालाई नेपालको पर्यटकीय राजधानीका रूपमा विकास गरी वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्य पनि उनले सुनाए ।
उक्त भेटवार्ताका अवसरमा मुखयमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, प्रमुख सचिव रवीलाल पन्थ, सचिवहरु रामप्रसाद आचार्य, मनमायाँ पंगेनी, लगायत सहभागी थिए । कार्यक्रममा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) गण्डकीका टिम लिडर वीरेन्द्र पराजुलीले उक्त परियोजनाको उपलब्धिका बारेमा जानकारी गराएका थिए ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१