कांग्रेस ६ बैदाम भट्टराई टोलमा जैसी

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७८
congress baidams

पोखरा । कांग्रेस पोखरा ६ स्थित कृष्णप्रसाद भट्टराई टोल समितिको सभापतिमा इमनाथ जैसी (देवकोटा) चयन भए छन् । टोल समितिको शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट जैसी सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।
नवनिर्वाचित सभापति जैसीले टोलभित्रका सबै कांग्रेसीहरुलाई गोलबन्द गर्दै अघि बढ्ने प्रतिब्द्धता जनाए । उनले अग्रजहरुका्े सल्लाह सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने स्पष्ट पारे ।
टोलको उपसभापतिमा सावित्री तिमिल्सिना र डिकी कार्की सचिवमा राजु बराल, कोषाध्यक्ष सुवास पहारी र सहसचिवमा राधा कोइराला चयन भए । समितिको कार्यसमिति सदस्यहरु चन्द्र बास्तोला पहारी, संगीता शर्मा पौडेल, शोभा जलारी र अनील पहारी रहेका छन् ।
योसँगै पोखरा ६ मा नेपाली कांग्रेसको टोल कार्य समितिको संख्या ५ पुगेको छ । १ देखि ५ सम्म गठन गरिएको टोललाई क्रमश विपी कोइराला, गणेशमान सिंहं सुवर्ण शमशेर, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई टोल नामकरण गरिएको इकाइ सभापति सन्तोष पौडेलले जानकारी दिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांगे्रस कास्की कार्यसमितिका सभापति किशोरदत्त बरालले पार्टीको सबैभन्दा महत्वपूर्ण मेरुदण्ड टोल समिति भएको बताए । वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन नवगठित टोल कार्यसमितिलाई निर्देशन दिए ।
कास्की कांगे्रसका सहसचिव तथा प्रतिनिधि शंकर ढुंगानाले कांग्रेसको हालको नीति नै पार्टी मजबुद बनाउने रहेकाले संगठनलाई सक्रिय बनाउने योजना रहेको बताए । कांग्रेस पोखरा ६ का सभापति सन्तोष पौडेलले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै कांग्रेसका सबै तह सक्रिय हुनुपर्ने बताए ।
टोल सभापति गु्रुदत्त पहारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रतिनिधि तथा पूर्व सभापति दीपकवीर कुँवर, पूर्व सभापति तथा सल्लाहकार नेत्रपाणि न्यौपाने, प्रदेश प्रतिनिधि प्रभा पौडेल सुवेदी, जनप्रिय क्याम्पस नेवि संघ उपसभापति आदित्य देवकोटा, टोल संयोजक गुरुदत्त कोइराला र रुपनारायण सिग्देल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width