रेबान भेट्रान्स टेनिस सुरु

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७८
tenis

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेबान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आइतबारदेखि रेबान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ सुरु भएको छ । प्रतियोगिताअन्तर्गत नवप्रवेशी भेट्रान्सतर्फ भीष्मराज पौडेल, रवीन गुरुङ, दुर्गा सुनार र राजेश गुरुङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
रवीन गुरुङले विष्णु थापालाई प्रतिस्पर्धात्मक खेलमा २–६, ७–६ र सुपरटाइमा ११–९ ले पराजित गरे । त्यस्तै दुर्गा सुनारले सुजन तिवारीलाई ६–१, ६–२ ले तथा राजेश गुरुङले निर्मल सिल्पकारलाई ६–०, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । भीष्मले बाई पाएर सिधै सेमीमा प्रवेश पाए । सोमबार हुने सेमिफाइनलमा भीष्मले दुर्गासँग तथा राजेशले रवीनसँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताअन्तर्गत सिनियर भेट्रान्सतर्फको खेल मंगलबारदेखि सुरु हुने प्रतियोगिता संयोजक नवीन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा खुला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोस्रो हुनेले नगद ७ हजार ५ सयसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

  • प्याब्सन स्पोर्टस् मिटको आज समापन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ । पोखरा रंगशालामा दिउँसो गण्डकी…
  • एनप्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । एन–प्याब्सन कास्कीको आयोजनामा ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लवडेल बोर्डिङका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिक सेकेण्डरीकी…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width