पोखरा । नेपाली कांग्रेस पोखरा १ को आयोजनामा नेपाल दलित संघ वडा इकाइ गठन तथा प्रशिक्षण कार्यक्रम भएको छ । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले कार्यक्रमको उद्घाटन गरे । उनले नेपाली कांग्रेस पार्टीले दलित समुदायका नेता तथा कार्यकर्तालाई स्थापनाकालदेखि नै केन्द्रीय समितिमा समेत स्थान दिँदै आएको प्रसंग उल्लेख गर्दै चौधों महाधिवेशनबाट यो कुरा स्पष्ट भइसकेको बताए । जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी शान्ति सुरक्षा प्रदान गर्ने आफ्नो लक्ष्य रहेको र यसको लागि आवश्यक सबै कदम चाल्न आफू तयार रहेको उनको भनाइ थियो । दलित समुदाय र नेपाली काग्रेसको सम्बन्ध नङ र मासुको जस्तो हो भन्दै पार्टीले हरेक वर्गलाई समान व्यवहार गरेकोसमेत दाबी गरे । कांगे्रस नेता रामचन्द्र त्रिपाठीले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।
नेपाल दलित संघ वडा इकाइ समितिको नव गठित कार्यसमितिको अध्यक्ष राजेन्द्र सुनार, उपाध्यक्ष माया विश्वकर्मा, सचिव दीपेन्द्र सुनार र सहसचिव सिर्जना नेपाली र सदस्यहरु नमूना नेपाली, सागर विश्वकर्मा, शिव सुनार, अञ्जु सुनार, सुनीता कुँवर नेपाली चयन भए । कोषाध्यक्षका पद भने हाल खाली राखिएको छ ।
कार्यक्रममा प्रदेश सदस्यहरु सीता गुरुङ, विष्णुमाया परियार, दलित संघ जिल्ला कार्यसमितिका अध्यक्ष दुर्गाबहादुर सुनार, नेतृ सरस्वती गुरुङ लगायतलेसमेत मन्तव्य राखेका थिए । नेपाली कांग्रेस वडा इकाई समिति अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन गोविन्द नेपाली र स्वागत कार्यक्रम संयोजक तथा पार्टीका जिल्ला कार्यसमितिका सदस्य मनबहादुर लामगादेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१