लमजुङ । लमजुङमा राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा युगल ब्याटमिन्टन प्रतियोगिता सञ्चालन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति लमजुङको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको संयोजनमा अन्तर सरकारी कर्मचारी, जनप्रतिनिधिका बीचमा प्रतियोगिता गरिएको हो ।
बेंसीसहर नगरपालिका ८ को फूलबारी मञ्चमा आयोजना गरिएको युगल ब्याडमिन्टन प्रतियोगिता ३ दिनसम्म सञ्चालन गरिएको हो । प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष गजेन्द्र श्रेष्ठ र कोषाध्यक्ष प्रदपि घिमिरेको जोडी प्रथम भएको छ । जिल्ला प्रहरी कार्र्यालयका चन्द्र गुरुङ र रञ्जन अमगाईंको जोडी द्वितीय भएको छ । प्रतियोगिताको समापन कार्यक्रम निमित्त प्रमुख जिल्ला अधिकारी भूमेश्वर पोख्रेलको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
निमित्त प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोख्रेल तथा प्रनाउ कृष्णबहादुर कार्कीले विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । प्रथम र द्वितीय हुनेलाई पुरस्कार स्वरुप क्रमश नगद ८ हजार र ४ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त प्रतियोगितामा १० टिमले भाग लिएका थिए । सो प्रतियोगितामा बेंसीसहर नगरपालिकाको आर्थिक सहयोगमा गरिएको आयोजक समितिले जनाएको छ । कार्यक्रमको सञ्चालन खेलकुद विकास समिति केन्द्रीय सदस्य दिवाकर बरालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटको आज समापन
एनप्याब्सन खेलकुद महोत्सव जारी
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१