पोखरा । संघीय संसद सदस्य विद्या भट्टराइृले गुणस्तरीय शिक्षाले मात्रै सरकारी विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन सकिने बताएकी छन् । पोखरा १६ अर्मलामास्थित अन्नपूर्ण माविको नवनिर्मित ४ कोठे पककी भवन, शौचालय र खानेपानीको उद्घाटनपछि आयोजित कार्यक्रममा उनले सरकारी विद्यालयमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माणले तीव्रता पाए पनि शैक्षिक गुणस्तरमा भने अझै कमजोर नै रहेको बताइन् । भूकम्पपछि सांसद् विकास कोषमार्फत् पनि विद्यालय पुनर्निर्माणका कामले तीव्रता पाएको बताउँदै उनले शिक्षामा भएको लगानीअनुसार प्रतिफल पाउन नसकिएको उल्लेख उल्लेख गरिन् । कास्की क्षेत्र नं. २ का सांसद समेत रहेकी भट्टराईले आफूले यस क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराखेको बताउँदै केही महत्वपूर्ण योजना वर्तमान सरकारले काटेकोमा दुख व्यक्त गरिन् ।
अर्मलाकोट आटीघर मौजा सडक निर्माणको काम छिट्टै सुरु हुनेसमेत बताइन् । पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले सबैको सामूहिक प्रयासबाट मात्रै शिक्षामा परिवर्तन गर्न सकिने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा कार्यान्वयन इकाइका प्रमुख नारायण सुवेदी, पोखरा महानगर शिक्षा महात्राखा प्रमुख हेमप्रसाद आचार्य, पूर्व वडाध्यक्ष दानबहादुर बानिया, जिल्ला समन्वय समिति कास्कीका सदस्य गुमा अधिकारी गौतम, पूर्व अध्यक्ष कुलप्रसाद भट्टराई, वडा सदस्य राजेश गुरुङ, प्रधानाध्यापक माधवप्रसाद आचार्य, सह प्रधानाध्यापक भीमप्रसाद सुवेदी लगायतले बोलेका थिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना, जिल्ला कार्यान्वयन इकाइ को ६८ लाख ६५ हजार लागतमा पक्की भवन, १४ लाख ४९ हजारको लागतमा शौचालय र ७ लाख ४० हजारको आर्थिक सहयोगमा उक्त योजना सम्पन्न भएको विद्यालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१