पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले जनमतविरुद्ध गएर मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) पारित नगर्न आग्रह गरेको छ । संसदमा एमसिसी टेबल भएपछि विज्ञप्ति निकालेर संस्थाका अध्यक्ष विष्णुहरि अधिकारी र महासचिव सुनील पाण्डेले जनमतविरुद्ध गएर राजनीतिक दल र सरकारलाई जनताले सबक सिकाएको इतिहास नबिर्सन भनेका छन् ।
एमसिसीमा नेपालको संविधान र ऐनहरुसँग बाझिने प्रावधान रहेको उल्लेख गर्दै विज्ञप्तिमा कुनै वैदेशिक सहायताका लागि सार्वभौम संसदबाटै अनुमोदन चाहिने शर्त अनौठो र रहस्यमय भएको उललेख छ । अनुदान लिन वा नलिने नेपाल स्वतन्त्र भएको तथ्य स्मरण गराउँदै उनीहरुले अमेरिकी अधिकारीहरुले दिएको दबाबको पनि भत्र्सना गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘ संसदमा पेश गर्नुअघि अमेरिकी सरकारका अधिकारीहरुबाट आएको धम्कीपूर्ण भनाइको हामी निन्दा गर्दछौं ।’
परियोजनाकै नामबाट देशमा अमेरिकी हस्तक्षेप निम्तिन सक्ने सम्भावनालाई नबिर्सन विज्ञप्तिमा सचेत गराइएको छ । एमसिसी यथास्थितिमा अनुमोदन नगर्न नेपाल सरकारसहित सरोकारवाला राजनीति दल, विद्वान्, राष्ट्रभक्तहरुको ध्यानकर्षण गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्पूर्ण सचेत नागरिकलाई यसविरुद्ध आवाज उठाउन आग्रह गर्दछौं ।’
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
ओली चीन भ्रमण जाँदै
घार्मीमा बालाचतुर्दशी रौनक
hero news full width
मुख्य समाचार
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१