पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा ६३ लाख ६७ हजार ८ सय ६१ रुपैयाँ लागतमा विद्यालय भवन तथा शौचालय निर्माण गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) को आर्थिक तथा प्राविधिक सहयोगमा २ कोठे २ वटा ट्रस्ट भवन एवं छात्र, छात्रा अपांगमैत्री शौचालय निर्माण गरिएको हो ।
विद्यालय भवनको गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरे । कार्यक्रममा मन्त्री श्रेष्ठले संस्कृत शिक्षा केवल ज्ञान हासिल गर्ने मात्र नभई संस्कार पनि भएको बताउँदै समाजलाई सुसंस्कृत बनाउन यसको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । शिक्षा गरिएको लगानीले प्रतिफल दिनुपर्नेमा जोड दिदै उनले समय सापेक्ष प्राविधिक एवं व्यावसायिक शिक्षालाई जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
पोखरा–३२ लामेआहालमा क्षेत्रीय बसपार्क निर्माणका लागि सरकारले बजेटको व्यवस्था गरिसकेको बताउँदै उनले जग्गा प्राप्तितर्फ लागिएको स्पष्ट पारे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देलले विद्यालय आर्थिक लगायतका विविध समस्याका बाबजुद विद्यालय अघि बढेको बताउँदै दरबन्दी व्यवस्थापन अपरिहार्य भएको बताए । पोखरा ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले विद्यालयको विकासका लागि वडाका तर्फबाट सक्दो साथ र सहयोग गरेको बताउँदै शिक्षासँगै असल संस्कार आवश्यक हुनेमा जोड दिए । विद्यालयका प्रधानाध्यापक केशवराज पौडेलले पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) को ४८ लाख ८२ हजार ८५८ रुपैयाँको लागतमा २ कोठे २ वटा ट्रष्ट भवन र १४ लाख ८५ हजार ३ रुपैयाँको लागतमा छात्रछात्रा अपांगमैत्री शौचालय निर्माण सम्पन्न भएको जानकारी दिए । राधाकृष्ण शान्ति आश्रमका सहअध्यक्ष गणेशबहादुर केसीले विद्यालयलाई दिगो रुपमा सञ्चालन गर्न राज्यले स्थायी दरबन्दीको व्यवस्थापन गरिदिनुपर्ने बताए । गोगन माध्यमिक विद्यालयका अध्यक्ष मेघराज पौडेलले संस्कृत शिक्षाको विकासका लागि सबैको सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिए ।
कार्यक्रममा पद्मजगत स्मृति प्रतिष्ठानका अध्यक्ष झलकप्रसाद खनालले विद्यालयको दिगो सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यका साथ १० लाख रुपैयाँको अक्षयकोष राख्ने घोषणा गरे । उक्त अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष विमलाकुमारी थापा बस्नेत, विद्यालयका विद्यार्थी रुपेश हुमागाईं, नेपाली कांग्रेस पोखरा–३२ का सभापति कुलप्रसाद अधिकारी, विद्यालयका शिक्षक ओम थापा लगायतले बोलेका थिए । उक्त अवसरमा पद्मजगत स्मृति प्रतिष्ठानका अध्यक्ष झलकप्रसाद खनाल, निर्माण व्यवसायी छविलाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१