स्याङ्जा । स्याङ्जाका व्यवासायीबीच शनिबार करदाता शिक्षासम्बन्धी प्रशिक्षण एवं अन्तक्र्रिया कार्यक्रम गरिएको छ । करदाता सेवा कार्यालय स्याङ्जाको आयोजना तथा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वयमा स्याङ्जा सदरमुकाममा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पुतलीबजार नगर उपप्रमुख महेश पुरीले जिल्लामा ठूला उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । उद्योग व्यवसाय सञ्चालन हुन नसक्दा यहाँका जनशक्ति र पुँजी पलायन हुँदै गएको उनको भनाइ छ । व्यवसाय उपप्रमुख पुरीले नगरपालिकाले करमा वृद्धि नगरी करको दायरा बढाएको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विक्रान्तकुमार श्रेष्ठ (सुवर्ण), स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, मदिरा व्यवसायी संघका अध्यक्ष खिमानन्द पराजुली, उद्योग वाणिज्य संघका कोषाध्यक्ष खालिद मियालगायतले शुभकामना मन्तव्यसहित कर प्रणालीबारे जिज्ञासा एवं आ आफ्ना धारणा व्यक्त गरे ।
जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रवीन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत, महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष भवानी अधिकारीले धन्यवाद एवं महासचिव रामचन्द्र नेपालले सञ्चालन गरेका थिए ।
सोही कार्यक्रममा करदाता कार्यालय प्रमुख कपिल नेपालले करदाता सेवा प्रणालीका बारेमा प्रशिक्षित गराए । उनले प्यान, भ्याट, अन्तशुल्कका बारेमा जानकारी गराउँदै राज्यका नीति र नियम विपरीतका कार्य नगर्न सुझाव दिए । उनले भने, ‘कसैले पनि कर छल्ने कार्य नगरौं, राज्यले करका दायरमा जसरी पनि ल्याउँछ ।’
करदाता शिक्षा कार्यक्रममा जिल्लाभित्रका नगर तथा गाउँ स्तरीय उद्योग व्यवसायीको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
पुसमा २० औं लेखनाथ महोत्सव
आइकोनिक रिमझिम बल क्यान्डी
४ महिनामा साढे ४ खर्ब व्यापार घाटा
आदर्श समाजकर्मी शर्मा सम्मानित
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१