पोखरा । राष्ट्रिय प्रजाजन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी पार्टी विकल्प राप्रपा भएको बताएका छन् । पोखरामा आयोजित ६२ औं प्रजातन्त्र दिवस तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले ठूला भनिएका पार्टीका पछिल्ला गतिविधिले जनताका अगाडि मुख देखाउन लायक नभएको उनको टिप्पणी गरेका छन् । राप्रपा कास्कीले आयोजना गरेको कार्यक्रममा लिङ्देनले देशमा राप्रपाको विकल्प नभएकोमा जोड दिए ।
लिङ्देनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिँड्ने राप्रपा नै खोजेको बताए । उनले विगतमा विभिन्न कारणले राप्रपा छोडेका र अन्य पार्टीमा भएर पनि राप्रपाको विचार मन पराउनेहरूलाई पार्टीमा आउन आह्वान गरे । राप्रपामा आउने सबैलाई योग्यता, क्षमताअनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने उनको भनाइ थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित निवर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको बताएका छन् । नेपालको सबैको साझा हो भन्ने चिनाउनका लागि पनि एकजुट हुनुको विकल्प नरहेको उनको भनाइ छ । कार्यक्रममा महामन्त्रीद्वय राजेन्द्र गुरुङ र भुवन पाठकले पार्टीमा पुस्तान्तरण गरेर जनजातिको छोरोलाई पार्टी अध्यक्ष बनाउँदा अन्य पार्टीमा हलचल मच्चिएको बताए । सडकबाटै राजा ल्याउने र संघीयता खारेज गर्ने बताएका थिए ।
पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टचार गर्ने छुट कसैलाई नभएको बताएका थिए । भ्रष्टचारविरुद्धको आफ्नो अभियान अब झन् सशक्त हुने धारणा राखेका थिए । उनले धार्मिक पर्यटनबाट आर्थिक उन्नती हुने भन्दै धर्मलाई अर्थतन्त्रसँग जोड्नुपर्ने पनि बताए । कार्यक्रममा केन्द्रीय सदस्य देबु पराजुली, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका राजु लोहनी लगायतले राजासहितको हिन्दु राष्ट्रमा जोड दिएका थिए ।
शनिबार पार्टी प्रवेश गरेका शंकर खरालले देशलाई अखण्ड राख्दै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न राप्रपा राजेको बताए ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१