वृद्ध आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्यः मुख्यमन्त्री राई

रासस
फागुन ७, २०७८

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुबा भगवान्को स्वरुप भएकाले उचितरुपले पालनपोषण, हेरचाह र सेवा गर्नु छोरा छोरीको कर्तव्य भएको बताउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ मूल समारोह समिति मोरङद्वारा आज विराटनगर–८ स्थित विराटेश्वर वुद्धाश्रम बहुद्देश्यीय भवन र मानवसेवा आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिक, वृद्ध, असहायलाई फलफूल वितरणका क्रममा सो कुरा बताउनुभएको हो ।

उहाँले विराटनगरमा नागरिकस्तरमा स्थापना हुने ज्येष्ठ नागरिक उपचार सेवा केन्द्र भवन निर्माणलाई आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको जानकारी दिँदै सामाजिक हितका लागि नागरिककातर्फबाट हुने कार्यमा सरकार होष्टेमाथि हैसे गर्न तयार छ भन्नुभयो ।मुख्यमन्त्री राईले वृद्धाआश्रम व्यवस्थितरुपमा सञ्चालन गरी दिनदुःखीको सेवा गरेकामा सञ्चालक प्रति आभार प्रकट गर्दै प्रदेश सरकारले थप आवश्यक सहयोग प्रदान गर्ने धारणा व्यक्त गर्नुभयोे ।

यसैगरी उहाँले वडा नं १०स्थित मानवसेवा आश्रममा रहेका असहाय नागरिकलाई फलफूल वितरण गर्दै मोरङको ग्रामथानमा निर्माण भइरहेको आश्रमलाई आगामी दिनमा थप बजेटको व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले ज्येष्ठ नागरिक र असहायको सेवा गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो । प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्मचारी मिलन केन्द्र, विभिन्न कर्मचारी सङ्घ सङ्गठनले फलफूल वितरण कार्यक्रम आयोजना गरेका थिए । वृद्धआश्रममा ६१ ज्येष्ठ नागरिक तथा मानव सेवा आश्रमका तीन भवनमा १५० असहायले आश्रय लिइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…
  • दीपक समीप पुरस्कृत

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल संगीत तथा नाट्य…

hero news full width