दारी ग्याङको छैटौ वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७८
dari gang

पोखरा । दारी ग्याङको छैटौं वार्षिकोत्सवको अवसरमा दारी ग्याङ पोखराले माछापुच्छ्रे गाउँपालिका ४ मा रहेको देउराली आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामग्री प्रदान गरेको छ । दारी ग्याङका सदस्यहरुले विद्यालयमा विद्यार्थीहरु माझ केक काटेर आफ्नो वार्षिकोत्सव मनाएको हुन् । कार्यक्रममा दारी ग्याङका सदस्य कलाकार सुमन वाग्लेले चित्रकलामा इच्छुक विद्यार्थीका लागि आवश्यक सामग्री पनि प्रदान गरे ।
कार्यक्रममा दारी ग्याङ पोखराका पूर्व संयोजक वसन्त पहारी, विद्यालय प्रधानानाध्यापक प्रेमलाल पोखरेल, दारी ग्याङ केन्द्रीय कमिटीका सचिव मनोज माली, दारी ग्याङ पोखराका संस्थापक संयोजक शेखर गौतम, विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवराज अधिकारी लगायतले बोलेका थिए ।
दारी ग्याङ पोखराका पूर्व संयोजक वसन्त पहारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन रमेश पोख्रेलले गरेका थिए । फेसबुक समूह दारी ग्याङको स्थापना २०७२ फागुन ६ गते भएको थियो । हालसम्म १ लाखभन्दा बढी युवा सम्मिलित समूह सामाजिक काममा सक्रिय छ ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width