पोखरा । पतञ्जली योग समिति गण्डकी प्रदेश, कास्की जिल्ला समिति, महिला योग समिति कास्कीको आयोजनामा सहशिक्षक तालिममा सहभागीलाई शुक्रबार प्रमाणपत्र प्रदान गरिएको छ ।
पतञ्जली योग समिति कास्कीकी पूर्व महामन्त्री तथा गण्डकी प्रदेश सांसद मीना गुरुङले सहभागीलाई प्रमाणपत्र वितरण गर्दैै योगको बारेमा चर्चा गर्नुका साथै विभिन्न रोगसँग लड्न आफू पनि नियमित योथ गरिरहेको बताइन् । उनले सबैलाई योगको साथै भान्सामा पाइने जडिबुटीलाई घरेलु उपचारका रुपमा प्रयोग गर्न सुझाव दिइन् ।
गण्डकी प्रदेश संरक्षक लोकदर्शन कोइरालाले योगले जुनसुकै रोग निवारण गर्न सहयोग गर्ने भएकाले जुनसुकै उमेर समूहका व्यक्तिले नियमित योग गर्नुपर्ने बताए ।
कास्की जिल्ला अध्यक्ष कृष्णप्रसाद पौडेल तथा महिला योग समिति अध्यक्ष उर्मिला तुलाचनले आफूले साधना गर्दै अरुलाई पनि योगमा जोड्छौं, तबमात्र प्रमाणपत्र प्राप्त गरेको औचित्य पुष्टि हुने उल्लेख गरे ।
कोभिड जोखिमका कारण जुममार्फत् योग समिति केन्द्रीय समितिबाट गरिएको योग प्रशिक्षण तालिममा काठमाडांै, लमजुङ, पर्वत, तनहुँ, स्याङ्जाबाट गरी योग प्रशिक्षणमा १ सय जना सहभागी थिए ।
पतञ्जली योग समिति गण्डकी प्रदेश प्रभारी नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रम कास्कीका महामन्त्री प्रकाश बास्तोलाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१