रेडक्रसको २४ औं संरक्षक गोष्ठी

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७८
Red cross

पोखरा । कास्कीका जुनियर तथा युवा रेडक्रसका संरक्षक अर्थात् प्रधानाध्यापकहरुको २४ औं गोष्ठी शुक्रबार शिवशक्ति मावि पोखरामा भएको छ । कास्की जिल्लाका ७३ विद्यालयका प्रअहरुका सहभागिता रहेको गोष्ठी शिक्षा विकास तथा समन्वय इकाइ समितिका प्रमुख नारायणप्रसाद सुवेदी र कास्की रेडक्रसका सभापति डोलराज पाण्डेयले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
शिक्षा विकास समन्वय इकाइका प्रमुख नारायणप्रसाद सुवेदीले विद्यमान समाजमा मानवता हराउँदै गएकाले विद्यालय तहमै रेडक्रसका सिद्धान्तको अध्यापन तथा अभ्यास गराउन सके विद्यार्थीमा सामाजिक भावनाको विकास हुने बताए । उनले सम्पूर्ण विद्यालयमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरी विद्यार्थीलाई सक्रिय गराउन प्रअहरुलाई निर्देशन दिए ।
कास्की रेडक्रसका सभापति डोलराज पाण्डेले संगठनको उद्देश्य प्राप्तिका लागि जुनियर तथा युवाहरुको नेतृत्व तथा सीप विकास गरी दक्ष स्वयंसेवकमार्फत मानवीय कार्य गर्न युवा तथा जुनियर रेडक्रस सर्कल उपयोगी हुने बताए ।
गोष्ठीमा रेडक्रस अभियानसम्बन्धी सहजीकरण कास्की रेडक्रसका उपसभापति कृष्ण तिमिल्सिनाले गरेका थिए भने शिवशक्ति माविका प्रअ शम्भुराज बास्तोलाले स्वागत गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाअन्तर्गत शैक्षीक सत्र २०७९ का लागि प्रतियोगिता तर्फ कविता, वक्तृत्वकला, चित्रकला, हाजिरी जवाफ, लोकगीत, निबन्ध तथा अल्बम प्रतियोगिता र गोष्ठी तथा प्रशिक्षणतर्फ ३९ औं जुनियर युवा तथा शिक्षक नायक गोष्ठी, २५ औं संरक्षक गोष्ठी, आधारभूत प्राथमिक उपचार, विपद् व्यवस्थापन, सरुवा रोग संक्रमण सचेतना, जलवायु परिवर्तन र चेतनामूलक कार्यक्रम सञ्चालन हुने नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य एवं जुरेयू समितिका संयोजक विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

रेडक्रसका ७ सिद्धान्तहरुको बारेमा शिवशक्ति युरेसका अध्यक्ष धनवीर नाल्बो र गोष्ठीको औचित्यबारे जुरेयु समितिका सदस्य सूर्यप्रसाद तिमिल्सिना प्रष्ट्याएका थिए ।
जुनियर युवा समिति कास्कीका संयोजक विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव मित्रलाल सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग