पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अंगभंग भएकाहरुप्रति सम्मान प्रकट गरेका छन् । उनले शुभकामनमा वक्तव्यमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
उनले १०४ वर्ष लामो निर.कुश राणा शासन अन्त्य भई मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिन फागुन ७ गते प्रजातन्त्र दिवस भएको उल्लेख गरेका छन् । प्रमुख गुरुङले समृद्धिको सपना, समावेशिताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी प्रजातन्त्र दिवस भएको स्मरण गरेका छन् ।
उनले मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रिात्मक व्यवस्थालाई अंगीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको भन्दै संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै समृद्धिको सपना साकार गर्न एकाकार भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१