स्याङ्जा । छैटौं निर्वाचन दिवसका अवसर पारेर शुक्रबार जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भूमिकाबारे अन्तक्र्रिया गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले वैशाख ३० गते हुन लागेको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन सबैले सहयोग गर्नुपर्ने बताइन् । निर्वाचन निरन्तर प्रक्रिया रहेकाले सरोकारवाला सबै संयन्त्रले आ आफ्ना आचार संहिता बमोजिम निर्वाचन कार्यमा जुट्न आग्रह गरिन् । मतदाता शिक्षा दिई मत बदर संख्या घटाउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, नेकपा एमालेमा उपसचिव विश्व पौडेल, नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा माओवादी सचिवालय सदस्य मनबहादुर गुरुङ, नेकपा एकीकृत समाजवादीका उपसचिव श्री गुरुङलगायतले आउँदो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी बनाउने प्रतिबद्धता जनाए ।
जिल्ला निर्वाचन अधिकृत गुरुप्रसाद मरासीनीले स्याङ्जामा निर्वाचनसम्बन्धी कार्यपत्र प्रस्तुत गरे । चालु आव २०७८ साउनदेखि माघ २४ गतेसम्म जिल्लाभरका १८ हजार जना मतदाता थपिएको जनाए ।
प्रमुखका अनुसार संविधानसभा निर्वाचन (२०६४) मा २ लाख ९५ हजार ४ सय ४२ मतदाता थिए । दोस्रो संविधानसभा निर्वाचन (२०७०) मा १ लाख ६२ हजार ८ सय ७० भए भने स्थानीय तह निर्वाचन (२०७४) मा १ लाख ९१ हजार २ सय ५७, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन (२०७४) मा २ लाख १० हजार ३८ मतदाता थिए ।
तर, अहिले स्थानीय तह निर्वाचन (२०७९) मा २ लाख ४२ हजार १ सय २२ अनुमानित तथ्यांक रहेको अधिकृत मरासीनीको भनाइ छ । उनले भने, ‘यो संख्या अन्तिम होइन, अन्तिम समयसम्म मृत्यु लगत र दोहोरा नाम सच्चाउँदा करिब २ हजार कम हुन सक्ने अनुमान छ ।’
जिल्लामा १७ वटा राजनीतिक दल दर्ता भएका छन् । यसअघि निर्वाचन घोषणा भएकै दिन १८ बर्ष पूरा गरेकाले मात्र मतदान गर्न पाउँथे । तर, अहिले भने वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने गरी निर्वाचन आयोगले नयाँ व्यवस्था गरेको पनि प्रमुख मरासीनीले जानकारी दिए ।
सरकारले विस २०१५ फागुन ७ गतेदेखि निर्वाचन गरेको दिनको स्मरण गर्दे २०७३ सालदेखि निर्वाचन दिवस मनाउँदै आएको हो । स्याङ्जामा पनि निर्वाचन दिवस शुक्रबार, शनिबार र आइतबार ३ दिन विविध कार्यक्रम गरी मनाउने जनाएको छ ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१