जनमोर्चाको गण्डकी प्रदेश समिति गठन

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७८
Janamorcha

पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशको शुक्रबार भएको प्रथम सम्मेलनले शंकर बरालको अध्यक्षतामा गण्डकी प्रदेश समिति गठन गरेको छ । सम्मेलनबाट उपाध्यक्ष धर्मबहादुर कुँवर, सचिव वेदीलाल सापकोटा, सह–सचिव खिमविक्रम शाही र कोषाध्यक्ष रविमोहन ढकाल चयन छन् । सदस्यहरु सांसद पियारी थापा, भागीरथ भट्टराई, अमर थापा, गौरीशंकर पाण्डे, तिलक थापा, लक्ष्मी बास्कोटा, गणेश अधिकारी, गोविन्द पौडेल, छबि विक, राजेन्द्र ढुंगाना, दीपक पाण्डे, लीलादेवी शर्मा, डिलबहादुर दर्जी, कृष्ण सापकोटा, लक्ष्मी विक, विकराम चौधरी, चन्दा परियार र राजेन्द्र गैरे छन् ।
सल्लाहकार समितिमा टंक केसी, भोजराज उप्रेती, प्रकाश परियार, एकबहादुर परियार, मदनमुरारी घिमिरे र महेन्द्र सापकोटा छन् ।
सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहदुर केसीले गरेका थिए । त्यस अवसरमा प्रमुख अतितिथ केसीले एमसिसी राष्ट्रहित विपरीत रहेको बताए ।
संसाद पियारी थापाले पार्टीले संघीयताको विरोध गर्दै आएको बताउँदै पार्टीले बचाउन निर्वाचन आयोगमा प्रदेश समिति पनि देखाउनुपर्ने बाध्यताले समिति गठन गर्नुपरेको उल्लेख गरिन् ।
सम्मेलनमा अखिल नेपाल बुद्धिजीवी सधैंका केन्द्रीय सदस्य काजी गाउँले श्रेष्ठ, भीमसेन वन, लक्ष्मण पुन, अनेम संघ लक्ष्मी बास्कोटा, अनेरास्ववियुका गणेश अधिकारीले पार्टीलाई जुझारु रुपले अगाडि बढाउनपर्नेमा जोड दिए । कार्यक्रमका सञ्चालन रविमोहन ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • शिक्षामन्त्री कोटिहोममा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा…
  • खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण…
  • नेपाललाई चीनको ९ अर्ब अनुदान

    रासस मंसिर १८, २०८१
    बेइजिङ । चीन सरकारले नेपाललाई ५ सय मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।…
  • कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको सोमबार राति सम्पन्न मतगणनामा…

hero news full width