पोखरा । नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले नगरवासी मतदातासँग पोखराको समुन्नत विकासका लागि नीति, योजना, कार्यक्रम तथा सुझाव माग गरेका छन् ।
आगामी २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले बनाउने घोषणापत्रमा समेट्न उनले सुझाव माग गरेका हुन् ।
बिहीबार सामाजिक संजाल फेसबुकमार्फत स्टाटस पोस्ट गर्दै उनले भनेका छन्, ‘नेपाली कांग्रेसतर्फबाट प्रमुख (मेयर), उपप्रमुख (उपमेयर) सहित ३३ वडाका अध्यक्षमा उम्मेदवार निर्वाचित भएमा नेपाली कांग्रेस, पोखरा महानगरपालिका समिति र निर्वाचित जनप्रतिनिधिले पोखरा महानगरवासीको भलाइ र पोखराको समुन्नत विकासका लागि पूरा गर्नुपर्ने छोटा र दीर्घकालीन ठोस नीति, योजना उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्दछु ।’
नगरवासीको आवश्यकता र इच्छाअनुसारका नीति, योजना तथा कार्यक्रमलाई नेपाली कांग्रेस, पोखरा महानगरपालिकाले निर्देशनात्मक आदेश मान्दै स्थानीय तहको चुनावी घोषणापत्रमा समावेश गर्ने उनले बताए । जसले गर्दा निर्धारित ५ वर्ष भित्र ती माग कुनै बहानाबिना नै सम्पन्न गर्न दबाब पुग्ने उनको बुझाइ छ ।
कोठामा बसेर २–४ जनाले तयार पारेको नीति तथा कार्यक्रम विशाल र समृद्व पोखराका लागि अपूरो हुने उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
देशभरका कानून व्यवसायी पोखरामा
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१